व्यवसायका लागि स्वदेशमै थुप्रै अवसरः सहभागी

नेपालगञ्ज,बैशाख,२४-
व्यवसाय गर्न चाहे स्वदेशमै थुप्रै अवसरहरु रहेको एक कार्यक्रममा जोड दिइएको छ । मनमा चाहना र आँट भए नेपालमै व्यवसाय गर्न सकिने अवसरहरु रहेको सोमबार नेपालगञ्जमा आयोजना भएको एक कार्यक्रमका सहभागिहरुले जोड दिएका हुन ।

रोजगार तथा व्यवसाय गर्न चाहनेहरुका लागि नेपालगञ्जमा संचालन गरिएको पाँच दिने लघु उद्यम बिकास तालिमको समापनमा बोल्नेहरुले यहीँ नै बसेर गर्न केही सकिन्छ भन्नका लागि मनमा चाहना र आँट भए कुनै न कुनै व्यवसाय गर्न सकिने कार्यक्रमका सहभागि नेपालगञ्ज धम्बोझी–१, बस्ने रीता चौधरीले बताउनुभयो ।

बेरोजगार भएर घरमै बसेर केही नहुँने भन्दै उहाँले जबसम्म केही गर्छु भनेर तबसम्म हाम्रा अगाडी कुनै किसिमको व्यवसायन देखिने बताउनुभयो । जाँगर मात्र गरे नेपालमै बसेर जिविकोपार्जन गर्न सकिने चौधरीको भनाई छ । नेपालगञ्ज–६, फुल्टेक्राका रवि गिरीले अहिलेसम्म आफु के गरौं के गरौैं भन्ने अन्योलमा रहेकोले हालसम्म कुनै काम गर्न नसकेको अनुभव सुनाउँदै अब आफ्नै व्यवसाय संचालन गर्ने सोंच रहेको बताउनुभयो ।

सेफ द चिल्ड्रेनको सहयोगमा युवा शसक्तिकरण, बुलगारी परियोजना अन्तर्गत सामाजिक बिकास मंच (एस डि एफ) बाँकेले बेरोजगार युवा तथा युवतीहरुलाई व्यवासय गर्न सक्ने क्षमता प्रदान गरेको तालिममा सहभागि भएका सबै युवाले हालसम्म त्यसै समय बिताएको तर अब सानो भए पनि आफ्नै व्यवसाय शुरु गर्ने बताए ।

लघु उद्यम बिकास तालिमले जिविकोपार्जनका लागि आवश्यक पर्ने पैसा कमाउन बिदेशनै जानुपर्छ भन्ने कुरालाई बिर्साउँदै आफ्नै गाउँ, ठाउँमा थुप्रै व्यवसायहरु संचालन गर्न सकिने सिकाई भएको प्रतिक्रिया दिएका छन् ।

कार्यक्रमको समापनमा बोल्दै सेफ द चिल्ड्रेनका कार्यक्रम व्यवस्थापक रत्नराज ओझाले देशबाट दैनिक लाखौ युवा बिदेशिने क्रम जारी यसको अर्थ यो हुँदैन कि यहाँ रोजगार छैन, चाह्यो भने यहाँ नै धेरै प्रकारका रोजगार संचालन गरेर जीवन निर्वाह गर्न सकिने बताउनुभयो ।

एस डि एफका अध्यक्ष बिष्णु प्रसाद ढकालले आफ्नै ठाउँमा रोजगार संचालन गर्न क्षमता बृद्धि तथा दक्षता प्रदान गरिरहेको जानकारी दिँदै दैनिक कामका लागि बिदेशिने कर्मठ युवाहरुको संख्या कम गर्न समेत स्वलम्बन कार्यले सहयोग पुग्ने बताउनुभयो ।

उहाँले तालिम लिएका तथा केही गर्न चाहने युवाहरुका लागि बिभिन्न क्षेत्रमा सस्तोमा ऋणकोे समेत व्यवस्था रहेकाले देशमै जिविकोपार्जन गरेर सक्षम बन्न आग्रह गर्नुभयो ।

पाँच दिने तालिमलाई भुपाल सिंह बोहरा र सहजराम यादवले सहजीकरण गर्नुभएको थियो । के कस्ता व्यवसया संचालन गर्न सकिने, कसरी, फाइदा, योजना, आवश्यक गुण तथा व्यवसायको प्रकारका बारेमा तालिमले सहभागिलाई दक्ष बनाइएको छ ।