जिल्ला शिक्षा कार्यालय चैत्रदेखि खारेज

काठमाडौं, पुस,४-

चार दशकदेखि सञ्चालनमा रहेका जिल्ला शिक्षा कार्यालयहरु आगामी चैत्र महिनादेखि खोजी हुने भएका छन् ।

देश संघीय संरचनामा गएलगतै हालै कार्यान्वयनमा आाएको स्थानीय सरकार सञ्चालन ऐनअनुसार ७५ जिल्लाका जिल्ला शिक्षा कार्यालयका संरचनाहरु सबै जिल्लाबाट खारेज हुने भएका छन् ।

स्थानीय सरकार संचालन ऐन २०७४ जारी भएको ६ महिनाभित्र बिषयगत कार्यालयहरु खारेजी हुने व्यवस्थाअनुसार जिल्लाका शिक्षा कार्यालयहरु खारेजीमा परेका हुन् । आजको नागरिकमा खबर छ ।