देहरादुनमा ईण्डो नेपाल व्यापार मेला तथा पर्यटन महोत्सव हुने

इन्द्र कार्की
/महेन्द्रनगर,४,पौष    कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा दोस्रो ईण्डो नेपाल व्यापार मेला तथा पर्यटन महोत्सव भारतको देहरादुनमा हुने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघले नेपाल सरकार वाणिज्य मन्त्रालय ,्व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको प्रर्वद्धन तथा नेपाल उद्योग वाणिज्य महासंघको समन्वयमा नेपाल पर्यटन वोर्ड , भारत स्थित नेपाली राजदुतावासको सहयोगमा मेला तथा महोत्सव हुन लागेको हो ।

नेपालमा उत्पादिन गरिएका वस्तु तथा सेवाहरुको बजार प्रर्वद्धन गर्न सहयोग पुग्ने ,जडिवुटि तथा निकासी जन्यवस्तुको वजार प्रर्वद्धन , साना तथा मझौला उद्योगवाट उत्पादित बस्तुहरुको प्रर्वद्धनमा सहयोग , नेपालमा अवस्थित पर्यटकिय तथा धार्मिक समपदाहरुको प्रचार प्रसार र टुर प्याकेजको वारेमा जानकारी,पर्यटन,नेपाली कला संस्कृति साहित्यको प्रचार प्रसार र प्रर्दशन गर्नका साथै नेपाली उद्मीलाई प्रतिस्पर्धी बनाउन सीप र ज्ञानको अनुभव आदन प्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको कञ्चनपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

     माघ १९ देखि २५ गते सम्म चल्ने मेलामा नेपाली उद्योगहरुवाट उत्पादित समाग्रीहरु,हस्तकलाका समाग्री,छालाजन्य उत्पादन, काष्ट,धातु वाट बनेका समाग्री,जडिवुटि,नेपाली सांस्कृतिक उत्पादन,नेपाली पोशाक तथा गारमेन्ट्स उत्पादनहरु,कृषि तथा निर्यातजन्य वस्तु,खाद्य वस्तुका परिकारको प्रर्दशन तथा प्रर्वद्धन गरिनुका साथै नेपाली कलाकारहरुको सांस्कृतिक प्रर्दशनीको आयोजना हुने जनाइएको छ । साताव्यापी चल्ने उक्त मेलामा नेपाल तथा भारतका १५० वटा औधोगिक व्यापारिक फर्महरुको सहभागिता रहने तथा नेपालका तर्फवाट पौष १५ गते सम्म दर्ता गर्ने पहिलो ५० स्टल निःशुल्क रुपमा उपल्वध गराइने भएको छ ।

   कञ्चनपुर उद्योग वाणिज्य संघको पहलमा दोस्रो पटक आयोजना हुन लागेको ईण्डो नेपाल व्यापार मेला तथा पर्यटन महोत्सवमा देहरादुन संग नेपालीहरुको ऐतिहासिक एवं धार्मिक सम्वन्ध भएका कारण मेलामा उल्लेख्य सहभागिता हुने र महोत्सव पश्चात नेपाली वस्तुहरुको प्रचार प्रसार एवं नेपाली वस्तु निकासीका लागि भारतीय व्यवसायीहरु संग समन्वय, मेलालाई भारतीय पक्षको सहयोग रहने, नेपाली खाद्य परिकार , टुर र ट्रावल्सको प्रचार प्रसार हुने, नेपाली पर्यटकिय सथलहरुको प्रचार प्रसार हुने लगायतका उपलव्धि हासिल हुने विश्वास कञ्चनपुर उद्योग वाणिज्य संघले लिएको छ ।

    नेपाल भारत बीच व्यापार घाटा भई रहेको अवस्थामा नेपालको निर्यात वढाउनमा टेवा दिन र निजि क्षेत्रका तर्फवाट योगदान दिनका निमित्त देहराद्नमा नेपाली भाषीहरुको उल्लेख्य जनसंख्या भएकोले नेपालको उत्पादनलाई उपयोग र उपभोग गर्न समेत उत्सुक हुने भएकोले देहरादुन क्षेत्रवाट नै नेपाली वस्तुको निर्यात प्रर्वद्धन गर्न सरल र सजिलो हुनेछ ।