जापानको क्युशु क्षेत्रमा (NRNA)को अध्यक्षका लागि दुई जनाको दावेदार

अध्यक्षका दावेदार लक्ष्मण बानिया संगको कुराकानी सहित

 मिलन मगर,

जापान,जेठ,२३-

गैर आवसीय नेपाली संघ (NRNA)क्युशु क्षेत्र जापानको आगामी दुइ बर्षको कार्यकालको लागि हुन गईरहेको निर्वाचनको मिति नजिकिदै गर्दा अहिले फुकुओकामा क्युशु क्षेत्रीय पदाधिकारीहरु तिब्र रुपमा सक्रिय भएर लागेका छन् ।

जसमा संयोजकको प्रतिस्प्रधी लक्ष्मण बानिया र देवराज उप्रेती भिड्दैछन् । जापानको क्युसुमा मात्र ६ हजार नेपालीहरु रहेका छन् । यसैविच हामीले अध्यक्षको दावेदार गर्नु भएका लक्ष्मण बानिया संग भावि रणनितीको बारेमा गरेको छोटो कुराकानी जस्ताको त्यस्तै ।

१. सर्वप्रथम बिहानी अनलाईनमा यहाँलाई हार्दिक स्वागत छ ?
धन्यबाद बिहानी अनलाईन लाई ।

२.कुराकानीको थालनी गरौं , सर्वप्रथम तपाई त एउटा सामाजसेवी र सफल ब्यबसाई पनि हुनुहुन्छ, तर आगामी हुने NRNA क्युसुको अध्यक्षमा फेरी उम्मेदवारि पनि दिनुभाको छ, तपाईको उम्मेदवारि चाँहि किन ?

पक्कै पनि म जापान आएको १२ बर्ष भयो । १२ वर्षको अवधीमा मैले   यहाँ जापानमा रहदा अनुभवहरु लिएको छु ।  सोहि क्रममा धेरै सहयोग सल्लाह सुजाव दिने क्रममा नै म NRNA को बर्तमान उपाध्यक्ष हुँदै गर्दा अब अध्यक्ष भए भनी फुकुओकामा नयाँ एजेण्डा को साथ अगाडि बढ्ने उद्देश्यले गर्दा नै अध्यक्षमा मेरो उम्मेदवारी हो । 

३.उसो भय यो क्युसु क्षेत्रमा तपाईंको प्यानलले मानिलीउ जित्यो भनी भाबी योजना केछ?र क्युसुबासी नेपालीहरुलाई समेट्नु सक्नुहुन्छ ?

मानौं मेरो प्यानलले यदि जितेको खण्डमा मेरो नेतृत्वमा रहदा सम्ममा फुकुओकाको नेपाली बासिलाई सदै सहयोग गर्ने र समेट्न सक्ने प्यानल भनेको नै हाम्रो हो जस्तो मलाई लाग्छ । सम्पूर्ण भाई बहिनीहरुलाई समेटेर जाने निर्णय हामीले गरेका छौ । हामी सदैव यहँहरुको साथमा रहन्छौ ।

४. मौसम तातेको जस्तै गरी NRNA को माहुल पनि त्यत्तीकै तातेको छ , यसको सदस्य भए के फाईदा हुन्छ ?

मुलत: NRNA सदस्य बन्नु जापानबासी नेपालीको हित र सुरक्षा को लागि हो यो, त्यसैले किन कसरी भन्दानी हित को लागि हो । यसको सदस्य लिएमा जापानमा रहेका हरेक नेपालीलाई विभिन्न कुराहरुमा टेवा पुग्दछ ।

यद्यपि कुनै समस्या अचानक आईपरेको खण्डमा सदस्य लिएकालाई सहयोग गर्न सकिन्छ । सोहि कारणले गर्दा पनि सदस्य लिनेको संङख्या बढ्दो छ । यो नै सदस्य लिनुका फाईदहरु हुन् ।

५. अब तपाइको प्रतिदोन्दी प्यानल पनि नीकै बलीयो छ भन्ने सुनिन्छ , यस बारेमा के भन्नुहुन्छ ?

यस बारेमा म के भन्छु भने मेरो प्रतिदोन्दी भनेको  भर्खर  भर्खर जापान आयर सिक्दै गरेको प्यानल हो । मेरो प्रश्न उहाहरु आँफै सिक्दै गरेको छ कसरी ६ हजार नेपालीलाई समेट्न सक्छ?

नेपालको राजनीति जस्तै बोलेर यहाँ कसैको मन जित्न सक्दैन त्यसकारण हरेक समस्याको समाधान समेट्न नसक्ने  प्यानललाई भोट दिएर  नजीताउ , जसले गर्दा तपाईको भोट कतै फरक नजाओस सबै  क्युसु नेपाली बासीलाई अनुरोध गर्न चाहान्छु । 

६. क्युसु क्षेत्रमा कामदार भिसामा आउने र पढ्न आउने बिद्यार्थीहरुले पनि  धेरै दु:ख पाको कुरा बाहिर सार्वजनीक रुपमा आउछन् बेला बेला यस्तो बेला तपाईहरुको सहयोग कस्तो रहन्छ ?

एकदमै राम्रो प्रश्न उठाउनुभयो अहिले जापानमा नेपालीहरु आउने संङख्या एकदमै बढ्दो छ ।  त्यसैले गर्दा सगयोग त छदै छ तर घट्ना हुन नदीन मेरो प्यानलले सक्दो प्रयास गर्ने छ यस्को लागि (हेल्प line +support team तयारी हुने र motivation program सेमिनार ) को ब्यबस्था पनि गरिने कुराको व्यहोरा म तपाईकै अनलाईनबाट जानकारी दिनलाउन चाहान्छु ।

७. गैर आवसीय नेपाली संघ भनेको बिना राजनीतिको संस्था हो तर यहाँत नीकै राजनीतिको दुर्गान्धित बास्ना अाइराको छनी किन ?

यस विषयमा चाँहि म के भन्न चाहान्छ भने यो राजनितीक सवाल संग जोडिएका कुरामा लाग्यो भने त्यो कहिल्यै काम लाग्दैन त्यसैले मैले पहिलानी भनिसकेको छु कसैको लहै लहैमा नलागी क्युसु बासिलाई हित हुने काम गरौ NRNA मा राजनीति नगरौ भन्न चाहन्छु ।

८. हुन्छ यती ब्यस्त समयको बाबजुत पनि छोटो समय निकालेर कुरा गर्ने समय दिनुभएकोमा धन्यवाद साथै तपाईं र तपाईंहरुको प्यानललाई सफलताको शुभकामना छ ।
धन्यबाद बिहानी अनलाईन डट कम लाई  र तपाई मिलन मगर जि लाई पनि मेरो यति विचार राख्ने मौका दिएकोमा फेरी पनि धन्यवाद ।।