देउवा मुलुकको ४० औं प्रधानमन्त्री निर्बाचित

 काठमाण्डौ,जेठ,२३-

नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्री निर्बाचित हुनुभएको छ । संसदमा आज भएको निर्बाचनमा ३८८ मतका साथ देउवा चौथो पटक प्रधानमन्त्रीमा निर्बाचित हुनुभएको हो ।

कांग्रेस सहित नेकपा माओबादी केन्द्र , राजपा नेपाल, राप्रपा, फोरम लोकतान्त्रीक, संघिय समाजबादि फोरम, नेपाल लोकतान्त्रीक फोरम, अखण्ड नेपाल, समाजबादि जनता पार्टी, नेकपा संयुक्त लगायतका साना दलको समर्थनमा उहाँ प्रधानमन्त्री बन्नु भएको हो ।

देउवा यसअघि २०५२ साल भदो २६ गते पहिलो पटक, ५८ साउन ७ गते दोस्रो पटक र २०६१ जेठ २१ गते तेस्रो पटक प्रधानमन्त्री हुनुभएको थियो ।