बाबुराम श्रेष्ठभन्दा ११३५ मतले अघी

गोरखा,मंसिर,२२-

गोरखा निर्वाचन क्षेत्र नं २ को मतपरिणाम रोचक बन्दै गएको छ ।कहिले बाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठ र कहिले कांग्रेस समर्थनमा नयाँ शक्तिका उम्मेदवार डा. बाबुराम भटराईले अग्रता लिदै आएका छन् ।

आज बिहानको परिणाममा बाम गठबन्धनका उम्मेदवार नारायणकाजीले ५३९९ मत ल्याउँदा नयाँ शक्तिका डा. भट्टराइले ६५३४ मत ल्याएका छन् । भटराईले श्रेष्ठलाई ११३५ मतले उछिनेका छन् ।

यसैबिच : गोरखा :  प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना जारी रहँदा चर्चामा रहेका गोेरखा–२ का दुई उमेदवार डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ जिल्लामा छैनन्। भट्टराईकी छोरी मानुषी प्रतिनिधिका रूपमा मतगणनास्थलमा छिन्।

मानुषीका अनुसार भट्टराई आज शुक्रबार गोरखा आउने र अन्तिम मतपरिणाम नआउञ्जेल  रहने छन्। बिरामी भएर काठमाडौंमा आराम गरिरहेका श्रेष्ठ भने तत्काल गोरखा आउने कार्यक्रम नभएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिनुभयो ।