प्रदेश ५ टुक्राएकोे विरोधमा कपिलबस्तुमा अनेरास्ववियु र युवा संघले राजमार्ग ठप्प

अराज सिहं बेल्बासे

कपिलवस्तु मंसिर १८-प्रदेश नं. ५ विभाजनको विरोध गर्दै अनेरास्ववियु र युवा संघले कपिलबस्तुमा बिभिन्न ठाउमा प्रदशन गर्दै  पुर्व पश्चिम राजमार्ग ठप्प वनाएका छन । शिबराज नगरपालिकाको चन्द्रौटा कृष्ननगर बुद्धबाटिका नगरपालिकाको गोरुसिंगे स्थित अर्घाखाची चोकमा प्रर्दशन गर्दै ठप्प पारिएको हो । राजमार्ग जाम भए पछी सयौ सवारी साधन बाटैमा वस्न वाद्य भएका थियो ।युवा संघ कपिलवस्तु , अनेरास्ववियु को नेतृत्वमा चक्काजाम र गोरुसिंगेमा वजार वन्द गरीएको थियो । आन्दोलनमा ने.वि.संघको समेत एक्यवद्धता भएको थियो । विहान ८ वजे प्रदेश नं. ५ टुक्राउनेको विरोधमा वन्द गरिएको छ । आजै भएको विरोध सभामा वोल्दौ अनेरास्ववियु जिल्ला अध्यक्ष विकास आचार्यले अखण्ड ५ नं. प्रदेश कायम नभए सम्म आन्दोलन नरोकिने वताउनु भयो । विरोध सभामा वोल्दै ने वि.संघका रुपक खनालले मुलुक संकटमा पर्दा सवै पक्ष मिलेर आन्दोलनमा जानु पर्ने वताउनु भयो ।

विरोध सभामा एमाले जिल्ला सदस्य वलराम भुसालले समेत सम्वोदन गर्नु भएको थियो । सभामा वोल्दै भुसालले प्रदेश टुक्राएर सरकारले गम्भिर भुल गरेको वताउनु भयो । सवै भाषी धर्म, जाती ,संस्कृती र सम्पदाले भरीएको प्रदेशमा साम्प्रदायिकता फैलाएको भुसालको भनाई थियो । कार्यक्रम प्रकाश भट्टराईको संचालनमा सम्पन्न भएको थियो । विरोध प्रर्दशन भोलि पनी जारी रहने वताउनु भयो । यसै गरी आज विहान युवा संघ र अनेरास्वीयुको वैठक गोरुसिंगे स्थित लुम्बिनी होटलमा वसेको थियो । आन्दोलनका विषयमा वसेको वैठकले कपिलवस्तु जिल्ला ठप्प पार्ने निर्णय समेत गरेको छ ।  प्रदेश नं. ५ विभाजनको विरोध गर्दै अर्घाखाचीमा पनि बन्दले जनजिवन प्रभावित भएको छ ।