वडा नागरिक मञ्चको संयोजकमा केदार प्रसाद आचार्य चयन

बाँके,मंसिर १८-नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर १३ स्थित वडा नागरिक मञ्चको संयोजकमा केदार प्रसाद आचार्य चयन हुनु भएको छ । वडा नम्वर १३ वडा नागरिक मञ्चको हिजो गठित मञ्चका २७ सदस्यले आज एक समारोहबीच सर्वसम्मत संयोजक सहितको व्यवस्थापन समिति चयन गरेका हुन् । उप संयोजकका रुपमा दुई कार्यकाल पुरा गर्नु भएका आचार्य संयोजक, नर बहादुर विष्ट उप संयोजक, सदस्यमा ज्योती श्रेष्ठ, माया सुनार र सदस्य सचिवमा सामाजिक परिचालक रजनी खानाल चौलागाई चयन हुनु भएको हो ।

निवर्तमान संयोजक विना थापा र सामाजिक परिचालन संयोजक शेर बहादुर रौलेको विशेष उपस्थितीमा ५ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको वडा नम्वर १३ की सामाजिक परिचालक रजनी खनाल चौलागाईले जानकारी दिनु भयो । नव निर्वाचीत आचार्यले सवैको भावनालाई कदर गर्दै वडाको समग्र विकासमा लाग्ने प्रतिवद्धता दोह¥याउनु भयो ।