अवधी पत्रकार संघ नेपाल केन्द्रीय समितिको बैठक तथा पदभार

नेपालगन्ज ,मसिंर १८ –अवधी पत्रकार संघ नेपाल केन्द्रीय समितिको आज बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । नव निर्वाचित संघका केन्द्रीय अध्यक्ष राकेश कुमार मिश्रको अध्यक्षतामा बसेको पहिलो बैठकले संघको प्रथम महाधिबेशन सफलतापुर्वक सम्पन्न गराउनमा निर्वतमान अध्यक्ष लगायत सम्पुर्ण कार्यसमिति, निर्वाचन समिति, तथा विभिन्न सहयोगी निकायलाई धन्यावाद ज्ञापन गर्ने निर्णय गरेको छ । यस्तै बैठकले एक हप्ताभित्र संघको कार्यालय स्थापना गरि दैनिक कार्यलय सञ्चालन गर्ने निर्णय गर्दै संघमा आबद्ध सदस्यहरुको शुद्धिकरण गर्ने निर्णय गरेको छ ।बैठकले नेपाली पत्रकारहरुको छाता संगठनको रुपमा रहेको नेपाल पत्रकार महासंघमा नया सदस्यताका लागि आबेदन दिएका अवधी भाषी तथा मधेशी पत्रकारहरुको क्रियाशिलता र नामावली तयार गर्नका लागि संघका वरिष्ठ उपाध्यक्ष विनय दिक्षितको संयोजकत्वमा गुरुमुरत यादव र विनय त्रिपाठी सदस्य रहने गरि ३ सदस्यीय अध्ययन समिति गठन गरेको छ । सो समितिले पाँच दिनभित्र अध्ययन प्रतिबेदन संघलाई बुझाउने छ ।

यसैविच अवधी पत्रकार संघ नेपाल केन्द्रीय कार्यसमितिका नवनिर्वाचित पदाधिकारीलाई आज नेपालगञ्जमा पदभार ग्रहण तथा प्रमाण पत्र प्रदान गरिएको छ । निर्वाचन समितिका संयोजक मोहम्मद हारुनको अध्यक्षतामा भएको कार्यक्रममा २३ सदस्यीय केन्द्रीय समितिका निर्वाचितलाई प्रमाण पत्र प्रदान गरिएको हो । गत कार्तिक २७ गते संघको नेपालगञ्जमा भएको प्रथम राष्ट्रीय सम्मेलन एवं केन्द्रीय महाधिवेशनबाट राकेश कुमार मिश्रको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति मध्ये २१ जना चयन हुनुका साथै १ जनालाई मनोनित गरिएको थियो भने १ जनालाई कार्यसमितिले मनोनित गर्नेछ । कार्यक्रममा बोल्ने वक्ताहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिनुका साथै सहकार्य र सहयोग गर्न प्रतिबद्धता जाहेर गरेका थिए । कार्यक्रममा पूर्व श्रम तथा यातायात व्यवस्थामन्त्री मोहम्मद ईस्तियाक राईले कुनैपनि ठाउँ र निकायमा समावेशिता नभएको बताउनु भएको छ ।

abadhi pressउहाँले समावेशिताको जतिसुकै नारा दिएपनि सरकारी तथा गैह्रसरकारी संघसंस्थामा मधेशी, जनजाती, मुस्लिम, थारुलाई समावेशी सहभागिता नगराइएको बताउनु भयो । उहाँले नेपाल पत्रकार महासंघले पनि समावेशी आधारमा सदस्यता वितरण गनर्’पर्नेमा जोड दिदै शाखादेखि केन्द्रसम्म मधेशी, मुस्लिम, थारु लगायतलाई पनि नेतृत्व तहमा अवसर दिन आग्रह गर्नुभयो । पत्रकारहरुको आफ्नै कार्यक्रम भएकोले आफु राजनीतिक कुरा नगर्ने भन्दै उहाँले मधेशीवादीहरुले गरेको विभिन्न आन्दोलनतर्पm संकेत गर्दै एक शायरी पढ्नु भयो–‘आप जुल्म करें तो कुछ भी नहीं, हम आह भरें तो कातिल हैं’, ‘आप दिनको रात कहें तो काबिल, हम दिन को दिन कहें तो जाहिल हैं’ ।

पाँच नम्बर प्रदेश अखण्ड राख्न माग गर्दै बुटवललगायत विभिन्न जिल्लामा जारी आन्दोनमा मूर्तिहरु तोडिएपनि कसैमाथि गाली नचलाइएको बताउँदै पूर्वमन्त्री राईले मधेश आन्दोलनमा मधेशीहरुको टाउको र छाती ताकेरै गोली हान्नुले सरकारको मधेशीप्रतिको दृष्टिकोण स्पष्ट भएको उल्लेख गर्नुभयो । आफ्नो हक अधिकारको माग गर्दै आन्दोलन गर्ने मधेशवासीलाई भारत, तिब्बत, भुटान परस्त भन्नेहरुले संविधान संशोधन प्रस्तावको विरोधमा आन्दोलन गर्नेलाई के परस्त भन्ने उहाँले प्रश्न गर्नुभयो । नेपालमा बसोबास गर्ने सबै जातजाती, भाषाभाषी, विभिन्न धर्मका व्यक्तिहरु भारतबाटै आएको जिकिर गर्दै पूर्वमन्त्री राईले कोई चाँडो कोई ढिलो आएपनि आफु राष्ट्रवादी र मधेशीहरु भारतीय विस्तारवादी भन्नु गलत भएको बताउनु भयो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मिश्रले अवधी पत्रकार संघ नेपालको उद्देश्य तथा भावी रणनितिका विषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा सांसद बादशाह कुर्मी, प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवं मध्यपश्चिम संयोजक झलक गैरे, पुर्व केन्द्रीय सदस्य जनक नेपाल महासंघ बाँकेका निवर्तमान अध्यक्ष शुक्रऋषि चौलागाईं, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, निर्वाचन समिति सदस्य एवं अधिवक्ता विश्वजीत तिवारी, अवधी साहित्यकार सच्चिदानन्द चौबे, प्रेस मञ्च नेपालका सचिव आशिष गुप्ता लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो ।