आज विवाहपञ्चमी पर्व मनाईंदै

जनकपुर, मंसिर १९- आज जनकपुरमा विवाहपञ्चमी पर्व मनाइदै छ । भगवान श्री राम र माता सीताको वैवाहिक कार्यक्रम अन्तर्गत आज९आइतबार० विवाहोत्सव मनाउने गरिन्छ भने सोमबार रामकलेवा गर्ने परम्परा छ ।विवाहपञ्चमीमा सहभागी हुन नेपाल–भारतका विभिन्न स्थानबाट हजारौं श्रद्धालु जनकपुर पुगेका छन् ।

यसअघि शनिबार मटकोर कार्यक्रम गरिएको थियो ।मटकोरमा जानकी मन्दिरबाट बाजागाजाका साथ स्थानीय महिलाले जनकपुरको ऐतिहासिक गंगासागरमा पुगि विहेको मडवा बनाउनको लागि माटो ल्याएका थिए ।साताव्यापी विवाहपञ्चमी महोत्सव मनाइने क्रममा पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलवारी लीला, तेस्रो दिन धनुष यज्ञ, चोथौ दिन तिलकोत्सव र पाँचौ दिन मटकोर कार्यक्रम गरिएको हो ।