जापानको फुकुओकामा माघे संक्रान्ती पर्व धुमधाम संग मनाईयो ( भिडीयो र फोटो फिचर सहित)

फुकुओका,जापान,२७-नेपाल मगर संघ क्युशु जापानले मगर समुदायको महान पर्व माघे संक्रान्ती आज आईतबार मनाएको छ । यस वर्ष पनी प्रवाशमा रहेका मगर समुदायले (हाम्रो परम्पराहाम्रो संस्कृती जोगाऊ) भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरि माघे संक्रान्ती पर्व धुमधमाका साथ मनाएको हो । 

मगर समुदायले परापुर्वकाल देखि मान्दै आएको माघी पर्व जापानको फुकुओकामा रहेका सम्पुर्ण मगर समुदायले एक साथ भेला भई माघे संक्रान्ती पर्व मनाएका हुन् । माघे संक्रान्ती पर्वको अवसरमा अग्रज अर्जुन पुन मगर, नेपाल फ्रेण्डशिप क्लवका अध्यक्ष, अर्जुन थापा, हाम्रो नेपाल राम्रो नेपालका संयोजक धर्म अधिकारी, प्रदिप श्रेष्ठ,  नेपाल मगर क्यूशु जापानका बरिष्ठ उपाध्यक्ष दिपक राना मगर, अर्जुन पुन मगर, रोजिन थापा मगरले छोटो मन्त्व्य राख्दै शुभकामना सन्देश दिएका थिए । 

कार्यक्रममा पुर्खौ देखि चलन चल्तीमा आएका माघी विशेष परिकारहरु बनाएर खानपिन गरिएको थियो । मगर समुदायले पछिल्लो समय माघी पर्वलाई आफ्नो महान पर्वको रुपमा मात्र नभई राष्ट्रिय पर्वको रुपमा मनाउदै आएको छ ।

कार्यक्रममा दिपक राना मगर, तारा श्रीस मगर, सन्देश आले मगर, अन्जना मगर, बिमल मगर, अल्का पाईजा मगर, करिष्मा बुढा मगर, सागर मगर,सुजिता थापा मगर, विशाल राना मगर, नानु राना मगर, सिस्सा थापा मगर, हेमा बराल मगर, उत्तम थापा मगर, सुष्मा थापा मगर, अनु मगर,निसिम आले मगर, भुपेन मगर, विमला सारु मगर, समिष्ट आले मगर, शोफिया घर्ती मगर, सुर्यमणी पाण्डे, सरोज थापा मगर लगायतले आफ्नो नृत्य प्रस्तुती देखाएका थिए ।

कार्यक्रममा मगर समुदायको मौलीक कौरा गितमा उत्कृष्ट नृत्य गरेका सन्दिप आले मगर र अन्जना मगरलाई दोसल्ला ओढ्याएर सम्मान गरिएको थियो । 

(अब हेरौं उहाँहरुको कौरा गितको उत्कृष्ट नृत्यको भिडीयो )

यस्तै कार्यक्रममा बिहानी एफसीका टिम क्याप्टेन प्रभु गुरुङ र अशोक राना मगरले गायन प्रस्तुती राख्दै उपस्थीती सबैलाई छमछमी नचाउदै सबैलाई मन्त्रमुग्ध पारेका थिए । 

कार्यक्रममा जापानमा विभिन्न भिषा र विद्यार्थी भिषामा आएका मगर समुदायको १ सय जना भन्दा बढीको उल्लेखनीय सहभागीता रहेको थियो ।

नेपाल मगर संघ क्यूशु जापानले हरेक वर्ष माघे संक्रान्ती पर्व मनाउदै आएको छ । जसअनुसार यस वर्ष पनी माघी पर्व धुमधामका साथ मनाएका हुन् ।कार्यक्रम फुकुओकामा रहेको नान हाउसमा सम्पन्न भएको थियो ।

सथै बिहानी अनलाईन परिवारको तर्फबाट सम्पुर्ण मगर समुदाय लगायत नेपाली जनहरुमा माघे संक्रान्ती हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । 

(थप माघी पर्वको फोटो फिचर )