घोराही ११ स्थित विकास नगर टोल विकास संस्थाको अध्यक्षमा पुनः घनश्याम गिरी

रोशन घर्ती
दाङ,मंसिर २१-घोराही ११ स्थित विकास नगर टोल विकास संस्थाको अध्यक्षमा पुनः घनश्याम गिरी चएन भएका छन । शानिवार घोराही ११ विकासनगर टोल संस्थाको कार्यालयमा भएको तेस्रो साधारण सभाले गिरीलाई अध्यक्षमा चएन गरेको हो । जसको उपाध्यक्षमा सुनिता ओली, सचिवमा पुनम पुन, कोषाध्यक्षमा भावना ओली र सदस्यहरुमा लोकराज न्यौपाने, टोपबहादुर कंवर, खुसलराम पुन, भिमा कंवर र चुमान गौतम चएन भएका छन ।

टोल विकास संस्थाका अध्यक्ष घनश्याम गिरीको अध्यक्षता एवं घोराही नगरपालिकाका नायव सुब्बा कुमार सिंह पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा संस्थाका संस्थापक अध्यक्ष एवं सल्लाहकार भोपलाल रोका, टोलका अगुवा चेतबहादुर राहु, जनप्रतिभा टोल विकास संस्थाकी अध्यक्ष सनम केसी, रतनपुर टोल विकास संस्थाका सचिव सुनिल गौतम, वडा नागरिक मञ्चका संयोजक धना जिसी, स्थानीय गिता गिरी, शालिकराम पाण्डे लगाएतले बोलेका थिए ।

उपाध्यक्ष सुनिता ओलीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहिजिकरण जितेन्द्रमान नेपालीले गरेका थिए । सो अवसरमा सांस्कृतिक संयोजक भोपलाल रोका, बाटो पीच निर्माण उपभोक्ता समितिका अध्यक्ष चुमानप्रसाद गौतम, टोलका जेष्ठ नागरिक बासुदेव ओली र एकल महिला सतिदेवी कुमाललाई सम्मान गरिएको थियो ।