नेकपाभित्रको विवादमा राष्ट्रपतिको सक्रियता बढ्नु देश र लोकतन्त्रका लागि दुःखद् : डा. कोइराला

डा.शेखर कोईराला

काठमाडौं,साउन,२५-नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आन्तरिक राजनीतिमा राष्टपति विद्यादेवी भण्डारीको सक्रियता बढ्नु देश र लोकतन्त्रका लागि दुखद भएको बताउनुभएको छ ।

नेकपाभित्र बढेको अन्तरकलह र विवाद मिलाउन भन्दै शीतलनिवासमा नेताहरुको दौडधुप बाक्लिएपछि डा. कोइरालाले यस्तो प्रतिक्रिया दिनुभएको हो ।डा. कोइरालले टीवटमार्फत राष्ट्रपतिले आफ्नो मर्यादा र जिम्मेवारीको ख्याल गर्न पनि सुझाव दिनुभएको छ ।

‘राष्ट्रपति सामान्य र राजनीतिक ब्यक्ति होइन । साझा, सम्मानित र सर्वोच्च निकाय हो । राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्छ’ नेता कोइरालले ट्वीटरमा लेख्नु भएको छ ।

केही सातादेखि नेकपाभित्र विवाद चर्किएपछि शीतल निवास पुगेर राष्ट्रपतिलाई साक्षी राख्दै शीर्ष नेताहरुले छलफल चलाइरहेका छन् । शनिबार पनि नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल लगायतका नेताहरु शीतल निवास पुगेका थिए ।ईमेजबाट