बासको १५ अौं साधारणसभा भव्य रुपमा सम्पन्न

नेपालगन्ज,भाद्र,३०-
बागेश्वरी असल शासन क्लब बासले अाफनो १५ अौं साधारणसभा तथा सामाजिक परीक्षण कार्यक्रम अाज सम्पन्न गरेको छ ।नेपालगन्जको बिनायक गेष्ट हाउसमा बिहान ११ बजे देखि बासको वार्षिक साधारणसभा शुरु भएको थियो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले बागेश्वरी असल शासन क्लबले समाजमा जनचेतनामूलक , भ्रष्टाचार न्युनीकरण, खबरदारी जस्ता उल्लेखनीय कामहरु गरेकोमा धन्यवाद दिएका थिए ।

बासले अाफना शाखा कार्यालयहरु देशका धेरै जिल्लामा गरि सकेको र अझै केही ठाउँमा गर्न बाकी रहेको बासका निर्देशक नमस्कार शाहले बताउनुभयो । बासका शाखा कार्यालयहरुले पनि सामाजिक क्षेत्रमा राम्रोसँग काम गरेको उहाँले बताउनु भयो ।

कार्यक्रममा विभिन्न सञ्चार क्षेत्रका सञ्चारकर्मीहरु, मानवअधिकारकर्मी, बासका पदाधिकारी लगायत साधारण सदस्यहरु, स्थानीय बुद्धिजीवी लगायतकाको उपस्थिति रहेको थियो ।