पछाडि पारीएका वर्गको पक्षमा रहने सांसद बलराम अधिकारी भनाई विभिन्न पार्टी परित्याग गरि १०७ जना नेकपा ऐमाले प्रवेश

अराज सिहं बेल्बासे
कपिलवस्तु,माघ ४- कपिलवस्तुको शिवगढीमा आज एक कार्यक्रम विच विभिन्न पार्टी परित्याग गरि १०७ जना नेकपा ऐमाले प्रवेश गरेका छन । पदम सुनारको नेतृत्वमा आएको समुहलाई नेकपा ऐमाले क्षेत्र नं. १ का सांसद बलराम अधिकारीले अविर लगाई पार्टी प्रवेश गराउनु भएको हो ।

अधिकासं दलित समुदायको बसोबास भएको वानियाभार बस्तीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बलराम अधिकारीले दलित मुक्तीलागि मुलुकी ऐन २०३८ मै जातिय उन्मुलन ब्यवस्था भएतापनि आज सम्म जातिया विभेदका घटना घट्नु अत्यन्तै दुखदायि कुरा भएको बताउनुभयो ।

पछाडि पारीएका वर्गको पक्षमा रहने सांसद बलराम अधिकारी भनाई विभिन्न पार्टी परित्याग गरि १०७ जना नेकपा ऐमाले प्रवेशत्यसैले जातीय विभेदको अन्तयको लागि पार्टीले मुक्तीको आन्दोलन थालनी गरेकोले सधैभरी शोषित, पिडित र पछाडि पारीएका वर्गको पक्षमा नेकपा ऐमाले सधैव रहने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपा ऐमाले जिल्ला कमिटि उपाध्यक्ष डम्बर शर्मा, जिल्ला कमिटि सदस्य लंक हमाल, मिना परियार, विश्व कार्की, प्रमोद सुवेदी, जिल्ला स्कुल विभाग सदस्य टिकाराम पौडेल, क्षेत्र नं.५ को सदस्य तारा थापा र वाणगंगा नगर कमिटि सचिवालय सदस्य दुर्गा आचार्य लगाएतले शुभकामना मनतब्य ब्यक्त गर्नु भएको थियो ।

राजेन्द्र सुनारको स्वागतमा संचालित कार्यक्रम नेकपा ऐमाले शिवगढी गाऊ कमिटि अध्यक्ष दुर्गा मल्लको अध्यक्षता र नेकपा ऐमाले क्षेत्र नं.५ क्षेत्रिय अध्यक्ष ओम प्रकास कुर्मीको संचालनमा सम्पनन भएको थियो