दाङको सरकारी विद्यालयमा अपाङग मैत्री भवन निर्माण

दाङ,माघ ४  –दाङको एक सरकारी विद्यालयमा पहिलो पटक अपाङग मैत्री भवन निर्माण भएको छ । उच्च माध्यामिक विद्यालय अश्वारामा पहिलो पटक अपाङ्गमैत्री भवन निर्माण भएको हो । सम्झौता मिति भन्दा ६ महिना अघिनै यो भवन निर्माण भएको हो ।भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालय दाङले उपलव्ध गराएको ६४ लाख रुपैयाँ लागतमा भवन निर्माण गरेको विद्यालयका प्राधानाध्यापक हिरालाल न्यौपानेले जानकारी दिए ।

२०७४ आसाढ १५ गते भवनको निर्माणकार्य सम्पन्न गर्ने गरि विद्यालयले २०७२ असोज महिनामा जिल्ला शिक्षा कार्यालय दाङसंग सम्झौता गरेको थियो ।सम्झौता गरेको ७ महिना पछि निर्माण कार्य सुरु गरेको विद्यालयले पुस महिनामा निर्माणकार्य सम्पन्न गरेको हो । विद्यालयको भवन निर्माण भए पछि पठनपाठनमा सहजता आउने विद्यालयले जनाएको छ ।

‘टिनको छाना हुदाँ असिनापानी पर्दा आवाज आएर पढाएको बुझिदैनथ्यो, अब भने सहजे हुने भया’े प्रअ न्यौपोनले भने । यसअघि पुराना तथा जिर्ण साँगुरा कोठामा विद्यार्थीहरु कोच्चिएर पढ्न बाध्य भएका थिए । यस्तै विद्यालयको चारकोठे भवन निर्माणका लागि संसाद विकास कोषबाट १४ लाख बजेट आएको विद्यालय प्रशासनले जनाएको छ ।