कैलालीको बर्दगोरीया गाउपालीकाको प्रथम अधिवेशन आजदेखी शुरु

२७ करोड ७५ लाख १८ हजार ६ सय २९ रुपैयां बराबरको अनुमनित बजेट प्रस्तुत

पवन मुडभरी,बौनियाँ,कार्तीक,१९-
कैलालीको बर्दगोरीया गाउपालीकाको प्रथम अधिवेशन आजदेखी शुरु भएको छ । जिल्ला समन्वय समिती कैलालीका सभापती सुर्य बहादुर थापाले एक कार्यक्रमका बिच अधिवेशनको उद्घाटन गर्नुभएको छ । अधिवेशनको उद्घाटन सत्रमा आर्थिक वर्ष २०७४/७५ को २७ करोड ७५ लाख १८ हजार ६ सय २९ रुपैयां बराबरको अनुमनित बजेट गाउपालीकाकी उपाध्यक्ष भगवती चौधरीले प्रस्तुत गर्नुभएको थियो ।

कैलालीको बर्दगोरीया गाउपालीकाको प्रथम अधिवेशन

जसमा आम्दानीतर्फ गत आर्थिक वर्षको अन्तिममा कोषमा बांकी रहेको ७२ लाख १२ हजार ८ सय २९ रुपैयां , सशर्त अनुदान तर्फ ५ करोड १९ लाख ३० हजार रुपैया , वित्तिय समानीकरण अनुदान १७ करोड ३० लाख २७ हजार रुपैयां , सामाजीक शुरक्षा भत्तातर्फ ४ करोड ३३ लाख ४८ हजार ८ सय रुपैयां र आन्तरीक आम्दानी २० लाख रहेको छ ।

गाउपालीकाले कृषी तथा पशुपालन , वन वातावरण तथा भु संरक्षण , शिक्षा तथा खेलकुद , स्वास्थ्य खानेपानी तथा सरसफाई , महिला तथा बालबालीका , आदिवासी जनजाती ,दलित , अपांग तथा जेष्ठ नागरीक लगायतका निती तथा कार्यक्रम पनि प्रस्तुत गरेको छ । साथै कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी थापाले कैलालीलाई भ्रष्टाचार मुक्त जिल्ला बनाउने जिल्ला समन्वय समिती कैलालीका सभापती सुर्य बहादुर थापाले बताउनुभएको छ ।

उहांले कैलालीका गाउपालीका र नगरपालीकामा स्थानिय संघ संस्था र कार्यालयहरुले ईमान्दारीपुर्वक काम गरेपछी भ्रष्टाचार मुक्त भई शुशासन कायम भई कैलाली जिल्ला देशकै नमुना ज्लिला बनने दाबी समेत गर्नुभएको छ । साथै एकल कृषी नभएर सामुहीक खेती गरेपछि सवै किसान आत्म निर्भर बन्न सक्ने बताउनुभएको छ ।

बर्दगोरीया गाउपालीकाका अध्यक्ष बलिराम चौधरीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कर्ण कुंवर रहनुभएको थियो भने विभिन्न संघ संस्थाका प्रतिनीधि , शिक्षक , सरकारी कार्यालयका कर्मचारी , समाजसेवी , व्यापारी , पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

गाउपालीकाका प्रमुख प्रशाशकिय अधिकृत भोजराज श्रीपाईलीको स्वागत मन्तव्य संगै शुरु भएको उद्घाटन कार्यक्रममा महिलाहरुको तर्फवाट सावित्रा सापकोटा , दलितका तर्फवाट लालसिंह बि क , बजार व्यवस्थापन समितीका अध्यक्ष रुपक सुनार , सरकारी कार्यालयका तर्फवाट कृष्णदेव जोषी , शिक्षक भुमी प्रकाश बम , वडा सदस्य कौकीला खत्री , सम्पुर्ण वडाका वडा अध्यक्षहरु लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन गोविन्द राज रेग्मीले गर्नुभएको थियो ।