नेपालगन्ज उपमहानगरपालीले गर्यो ५ सय छाडा पशुचौपायको नियन्त्रण

बाँके,माघ ४-नेपालगन्ज उपमहानगरपालीकाले आज सुर्खेतरोडवाट करीव ५ सय छाडा पशुचौपाय नियन्त्रणमा लिएको छ । नगरपालीका र ट्राफिक प्रहरीको सहयोगमा ४–५ सयको संख्यामा रहेका पशुचौपायलाई नियन्त्रणमा लिएको हो । सडक अतिक्रमण खाली गराउने क्रममा पुस्पलाल चोकदेखी धम्वोझी चोकमा छाडा छोडिएका पशुहरुलाई नियन्त्रणमा लिएर कान्जिहाउसमा राखीएको नेपालगन्ज उपमहानगरपालीकाका निरीक्षण शाखा प्रमुख पवन कनोजीयाले जानकारी दिनुभयो ।

केहि महिना पहिले सुरु गरीएको सडक अतिक्रम हटाउने कार्य केहि कारणवश निरन्तरता दिन नसकेकोमा पुनः सुरु गरीएको उहाँले वताउनुभयो । पहिलो चरणमा छाडा पशुचौपाय ६ ट्रक नियन्त्रणमा लिएकोमा यो अभियानले अहिले पशु छोड्ने परम्परामा कमी आएको कनोजीयाले वताउनुभयो ।

त्यस्तै, नेपालगन्ज उपमहानगरपालीका, सडक डिभिजन कार्यालय, ट्राफिक कार्यालय लगायतको टोलीले यहाँका व्यापारीहरुलाई २१ मीटर छोडेर व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ । २१ मीटरमा निर्माण गरीएका टहराहरु डोजर लगायर भए पनि भत्काइने व्व्यवसायीहरुलाई जानकारी दिएको उपमहानगरपालीकाले जनाएको छ ।