मुखमा कालोपट्टी बाधेर सरकारको विरोध

नेपालगन्ज,भाद्र,३०-
अाज बाँके लगायत देशका मुख्य मुख्य शहरहरुमा कञ्चनपुर कि बालिका निर्मला पन्तको हत्यारालाई तुरुन्त पत्ता लगाई कार्यवाही गर्नु पर्ने भन्दै मुखमा कालोपट्टी बाधेर सरकारको विरोध गरिएको छ ।

अाज शनिबारको दिन बाँकेको नेपालगन्ज र कोहलपुरमा मुखमा कालोपट्टी बाधेर हजारौंको सङ्ख्यामा जम्मा भएर विरोध गरिएको हो । लगभग डेढ महिना बितिसक्दा पनि हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै सरकारको चर्को विरोध गरेका छन् ।

देशका विभिन्न ठाउँमा बलात्कारका घटनाहरु बढ्दै गईरहेकोमा सरकारको त्यस तर्फ ध्यानाकर्षण हुनु पर्नेमा अधिकांशको भनाइ रहेको थियो । नेपालगन्जको बि-पी- चोकमा जम्मा भएर विरोध गरिएको थियो ।

उक्त विरोध कार्यक्रममा मानवअधिकार, पत्रकार, राजनीतिक व्यक्तिहरु, महिला अधिकारकर्मीहरु,बिभिन्न संघ संस्थाका व्यक्तिहरु, स्थानीय, सर्वसाधारणको उल्लेख्य सहभागीता रहेको थियो ।