केपी ओली र कमल थापाबीच भेटवार्ता

प्रधानमन्त्रीको निर्वाचन नरोक्न आग्रह

काठमाडौं,जेठ,१९-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निर्वाचनबारे छलफल गर्न एमालेले विपक्षी दलहरुको बैठक बसिरहेका बेला राप्रपा अध्यक्ष थापा पुग्नु भएको थियो ।

तर, उहाँ विपक्षी दलहरुको बैठक सहभागी हुनुभएन । उहाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मात्र छलफल गर्नुभयो ।

भेटपछि राप्रपा अध्यक्ष थापाले भरतपुरको मतगणना र प्रधानमन्त्री चुनाव अलग भएको बताउनुभयो । उहाले प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया रोक्न नहुने धारणा राख्नुभयो ।

यद्यपि उनले भरतपुरमा पुनःमतदान गर्न नहुने राप्रपाको धारणा रहेको समेत बताउनुभयो । च्यातिएको मतपत्रलाई बदर गरेर बाँकी मतको गणना तत्काल थाल्नु पर्ने उहाले बताउनुभयो ।अनलाईनखवरवाट