विराटनगरका मेयर पराजुलीले लगाए सडकमा झाडु:बटुवा अचम्मीत

विराटनगर,फागुन,२०-

मेयरको काम र कर्तव्य भनेको महानगरपालीकामा बसेर काम गर्ने र सेवाग्राहीको समस्याहरु जस्ता गुनासाहरु हल गर्ने हो । तर आईतबार विराटनगरका मेयर भीम पराजुली कार्यलय समयमा नै विराटनगरको सडकमा एक एक मुखामा माक्स हातमा सेतो पन्जा अनि त्यही हातमा कुचो लिएर बढार्दै हिडेको देख्दा सर्वसाधरण बटुवाहरु अचम्मीत भईरहेका थिए ।

त्यति मात्र हैन स्थानिय व्यापारीहरु पनि उनको कार्यशैली देखेर घोरिएर हेरीरहेका थिए । कसै कसै बटुवाहरु हैन मन्त्री पो आएछन् विराटनगरको सडक सफा गर्न भनेर हिड्दै गरेको प्रत्यक्ष सुनिरहेको थियो ।

तर मेयर भीम पराजुली आईतबार नेपाल कै कान्छा समाजसेवी तथा क्लिन काष्ठमण्डपका अभियन्ताका रुपमा परिचित केपि खनाल र स्थानिय युवा जमातसंग विराटनगर महानगरपालिकामा बृहत सरसफाई तथा जनचेतनामुलक” कार्यक्रममा सहभागी भएर विराटनगर बजार करिब २ घन्टा भन्दा ज्यादा फोहोर बटुल्न भ्याए ।

विराटनगरको वि प्लट निर्माण स्थलदेखि ट्राफिक चोक हुदै नेपाल पत्रकार महासघ मोरङशाखाबाट पुन ट्राफिक चोक पुगेर विश्रजन गरेका थिए । “स्वच्छ र सफा विराटनगर हाम्रो लक्ष्य” भन्ने मुल नारा सहित विराटनगरमा रहेका युवा संघ सस्था मिली विराटनगरलाई स्वच्छ र सफा विराटनगरको अभियान लिएर अगाडी बढ्संगै मेयर भीम पराजुली पनि युवा जमातलाई हैसेमा हैसे थपेका थिए ।

मेयर भीम पराजुलीले स्थानिय मेन रोड तथा सडक आसपासका स्थानिय व्यापारीहरुलाई आफ्नो दोकानको फोहोरमैलाको व्यावस्थापन गर्न पनि आग्रह गरे । उनले भने ‘जसरी तपाई आफ्नो दोकानलाई चटक्क सिङ्घारेर राख्नुहुन्छ त्यसरी नै सडकलाई पनि चिटिक्क पार्ने काम हाम्रो हो ।

‘आफ्नो दोकान र घरबाट निस्कीएका फोहोर मैला एक ठांउमा जम्मा गर्नुहोस महानगरपालीका तपाईको घर आगानमा भएको फोहोर मैला उठाउन आउछ, ।’ हाम्रो विराटनगर स्वच्छ र सफा राख्ने काम हाम्रै हो त्यसैले मन सफा दोकान सफा अनि सडक सफा राख्नुपर्छ ।

सरसफाई अभियानमा नगरपालिकाका नगर रक्षक, कर्मचारी, विद्यार्थी तथा युवाहरुको बाक्लो सहभागीता रहेको थियो ।विराटनगर महानगरपालि एक नम्बर प्रदेशको अस्थायी राजधानी भईसकेको स्थानमा केपी खनाल सहित अन्य युवा अभियान्ताहरु विराटनगरको बजारमा आज सरसफाई अभियान थालिन गरिएको थियो ।

सामाजिक सेवामा सक्रिय भएर काम गर्दै आएका दारी ग्याङ, विङ नेपाली, विराटनगर इसाई युवा समुह समाज, नेपालीज समुहले संयुक्त रुपमा विराटनगर सरसफाई तथा जनचेतनामुलक कार्यक्रम गरिएको र आगामी दिनहरुमा पनि यसरी नै निरन्तरता दिने सरसफाई अभियानका कार्यक्रम संयोजक सविन घिमिरेले जानकारी दिए ।

“सरसफाई तथा जनचेचनामुलक” कार्यक्रम अन्र्तगत प्रदेश नम्बर १ मा विभिन्न दारी ग्याङको अगुवाइमा विभिन्न सामाजिक सेवाको काम गर्दै आएको छ । सरसफाई टोलीलाई क्रिस्चयन युथ सोसाईटी विराटनगर,विआईसी चर्च विराटनगर,क्रियस्चन सोसाईटी विराटनगरले विराटनगरको मेन मेन चोकमा फोहोर मैला व्यावस्थापन गर्नको लागि १० वटा डस्विनको व्यावस्था सहयोग गरिदिएको थियो ।