खजुरा डान्स आइकन २०७५ को फाइनल प्रतियोगिता हुन ८ दिन बाँकि

नेपालगंज,माघ,११-

खजुरा डान्स आइकन २०७५ को फाइनल प्रतियोगिता सम्पन्न हुन ८ दिन बाँकी रहेको छ। प्रतियोगिता माघ १९ गते शनिबार हुने भएको छ।

सगरमाथा डान्स एन्ड इन्टरटेन्ट्मेन्ट प्रालिको आयोजनामा सन्चालन भैरहेको ूखजुरा डान्स आइकन २०७५ूको फाइनल प्रतियोगिता बिबिध साँस्कृतिक कार्यक्रमबिच यहि माघ १९ गते शनिबार खजुरामा सम्पन्न हुने भएको छ।

रिमझिम पोलिक्लिनिकले मुख्य प्रायोजन र खजुरा गाउँपालिकाले विशेष सहयोग गरेको उक्त नृत्य प्रतियोगिताको सह आयोजक भने पन्चमुखी केवल नेटवर्क प्राली रहेको छ। उक्त प्रतियोगिताका संयोजक दिलु सुनारका अनुसार फाइनलमा जम्मा १५ जनाले प्रतिस्पर्धा गर्ने छन।

नृत्य बिधामा दख्खल राख्ने प्रतिभालाई स्थान दिने उद्देश्यका साथ सन्चालन गरिएको उक्त डान्स प्रतियोगितामा निर्णायक मण्डलमा शेखर घर्ती, शृङ्खला बस्नेत, सृष्टि शाही, नवराज सुवेदी र लक्षमण सुनार रहेका छन भने प्रत्योगितामा प्रथम हुनेलाई नगद रु ३० हजार, द्वितीय हुनेलाई २० हजार , तृतीय हुनेलाई १० हजारका साथ साथै उत्कृष्ट १० भित्र पर्न सफल प्रतियोगिलाई समेत आकर्षक पुरस्कार दिईने संयोजक दिलु सुनारले जानकारी दिए।