मन्त्रिपरिषद हेरफेरबारे नेकपा अध्यक्षद्वयबीच फेरि छलफल, भागवण्डा मिलाउन कसरत

फाईल तस्विर !!

काठमाडौं,असोज,१३-प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच आज पनि छलफल भइरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका थाती रहेका काम टुंग्याउने सन्दर्भमै कुराकानी भइरहेको बताइएको छ ।

नेकपाका उपाध्यक्ष बामदेव गौतमको विषयमा नेकपाका अध्यक्षद्वयबीच सहमति नहुँदा मन्त्रिपरिषद सदस्यको हेरफेरबारे निर्णय हुन सकेको छैन ।

अध्यक्ष ओलीले गौतमलाई सरकारमा सहभागी गराउन नचाहेकाले मन्त्री हेरफेरबारे निर्णय हुन नसकेको अन्य नेताहरुले बताएका छन् ।

तर अर्का अध्यक्ष दाहाल भने गौतम र नारायणकाजी श्रेष्ठलाई सरकारमा पठाउनुपर्ने अडानमा हुनुहुन्छ ।

मन्त्री हेरफेरको अधिकार प्रधानमन्त्रीको क्षेत्राधिकार भएपनि पार्टी एकीकरणको सन्देश दिन केही दिनअघिको स्थायी कमिटी बैठकको निर्णय अनुसार नै सहमतिमा मन्त्री हेरफेर गर्न ओलीलाई दवाव परको छ ।

मन्त्रिपरिषद् पुनर्गठनकै विषयमा ओली–प्रचण्डबीच केही दिनदेखि लगातार छलफल भइरहेको छ । तर, छलफल टुङ्गोमा पुग्न सकेको छैन ।

प्रधानमन्त्री ओली र प्रचण्डबीच मोडालिटीमै कुरा नमिलेको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री ओलीले हटाउन खोजेका मन्त्रीलाई निरन्तरता दिनुपर्ने दाहालको अडान र दाहालले हटाउन खोजेकालाई प्रधानमन्त्रीले निरन्तरता दिन खोजेकाले बैठकमा कुरा मिलेको छैन ।

दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल उपाध्यक्ष गौतमलाई पुनर्गठन हुँदा मन्त्री बनाउनुपर्ने पक्षमा छन् ।

तर, ओलीले अदालतमा मुद्दा नै परिसकेकाले गौतमलाई सरकारमा सहभागी न गराउने अडान राखेको बताइएको छ ।ईमेजबाट