राष्ट्रको निकासका लागी तराइमा २ प्रदेश बनाउनु पर्छ : डा. भट्टराई

अराज सिंह बेल्बासे
कपिलवस्तु ,मंसिर २१-नयाँशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले अहिलेको अवस्थाबाट देशलाई निकास दिन तराईमा २ प्रदेश हुनेगरी राज्यपुनरसंरचना गर्नूपर्ने बताउनु भएको छ ।नेपाल प्रेस सोसाइटि कपिलवस्तुले तौलीहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले एमाले लगायतका दल ले पंञ्चायतकालिन संरचना फेरबदल गर्नु हुँदैन भन्दै आन्दोलन गर्नु गलत रहेको दाबि गर्नु भएको हो ।

साथै उहाँले ५ नम्बर प्रदेशमा भइरहेको आन्दोलन जातिय आन्दोलन भएको बताउँदै पहाड र मधेश विच द्धण्द्ध सिर्जना गर्ने र संविधान कार्यान्वयन हुन नदिने षडयन्त्र भइरहेको बताउनु भएको हो ।

उहाँले समग्र नेपाल लाई समेट्ने राजनितीक दलहरुको इच्छाशक्ति नभएका कारण मुलुक अप्ठ्यारोमा जानसक्ने संकेत गर्दै राजनितीक निकास र स्थिरताको लागी नयाँशक्ति नेपाल ले पुर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणाली स्थापनाको लागी घर घरमा नयाँशक्ति अभियान सुरु गरेको बताउनुभयो ।