प्रतिनिधि सभाको अर्को बैठक चैत ३ गते बस्ने गरी स्थगित

काठमाडौं,फाल्गुन,२६-प्रतिनिधि सभाको अर्को बैठक चैत ३ गते बस्ने गरी स्थगित भएको छ।

प्रतिनिधि सभाको सातौँ अधिवेशन अन्तर्गत बुधबारको बैठकमा हालका तथा पूर्व सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।

शोक प्रस्ताव पारित भएसँगै निधन भएका सांसदहरुको शोकमा एक मिनेट मौन धारण गरेर सभामुख सापकोटाले बैठक आगामी चैत ३ गते मंगलबार दिनको १ बजे बस्नेगरी स्थगित गरेको घोषणा गर्नु भएको थियो।