पाकिस्तानी लिगमा चम्किए नेपाली खेलाडी, सरू एक्लैको१० गाोल

फाईल तस्विर !!

काठमाडौं,फागुन,२६-नेपाली राष्ट्रिय महिला खेलाडीका रुपमा परिचित सरु लिम्बु एक्लैले १० गोल गरेपछि पाकिस्तानमा सुरु नेशनल वुमन्स च्याम्यिनसिप फुटबल प्रतियोगिताको मासा युनाइटेडले शानदार विजयी सुरुवात गरेको छ।

कराँचीमा भएको खेलमा नेपालकी एञ्जिला तुम्वापो सुब्बाको कप्तानीमा रहेको मासा युनाइटेडले सियालकोट सिटीलाई १९–० को फराकिलो अन्तरले पाखा लगाएको हो।

मासाको जितमा नेपाली खेलाडीको प्रमुख भूमिका रह्यो। पहिलो हाफमा ९–० ले अग्रता बनाएको मासाले दोस्रो हाफमा १० गोल थप्यो।

खेलको १२ औं मिनेटमा सरु लिम्बुले गोलको खाता खोलिन्। १९ औं मिनेटमा व्यक्तीगत दोस्रो गोल गरेपछि मासाले अग्रता दोब्बर पारेको हो। खेलको २५ औं मिनेटमा सरुले ह्याट्रिक पूरा गरिन्।

सरूले पहिलोहाफमा ६ गोल र दोस्रो हाफमा थप ४ गोल गरी कुल १० गोल गरिन्। अर्की नेपाली फरवार्ड अनिता केसीले टोलीको लागि दोहोरो ह्याट्रिक पूरा गरिन्। त्यस्तै गीता रानाले ६३ मिनेटमा १ गोल गरिन्। 

खेलको ३७ औं मिनेटमा सारा इक्वाल, ४४ औं मिनेटमा सम्रोज सम्रिना लिम्बुले एक एक गोल थपे।

समूह बी मा रहेको मासाले दोस्रो खेलमा कराँची युनाइटेडसँग १६ मार्चमा खेल्नेछ। च्याम्पियनसिपमा सहभागी २० टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। नेपाली खेलाडी सम्मिलित मासा युनाइटेड समुह ‘बी’ मा रहेको छ।

च्याम्पियनसिपको विजेताले पाकिस्तानी १० लाख रुपैयाँ पाउनेछन् भने दोस्रो हुनेले ७ लाख ५० हजार र तेस्रोले ५ लाख रुपैयाँ पाउनेछन्। डेभलपमेन्ट स्टेज विजेतालाई पाकिस्तानी ५० हजार रुपैयाँ दिइनेछ।