कैलालीको लम्की चुहामा बसको ठक्करबाट एक जनाको मृत्यु

पवन मुडभरी/

बौनीयाँ ,पुस,२४-
बसको ठक्कर बाट कैलालीको लम्कीमा आज एक जनाको मृत्यु भएको छ । काठमाण्डौ देखि धनगढी जादै गरेको ना ५ ख ७६९२ नम्बरको बसले ठक्कर दिदा लम्कीचुहा नगरपालिका वडा नम्बर १ भुरुवाकी २५ बर्षिया धौली देवि खनालको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक खानाल आफ्ना बालबालिकालाई न्यानो बनाउन र बाखा्रालाइ घास दाउरा ल्याउन भनी जंगल जादै गरेको अवस्थामा आज विहान करीब ९ बजे तिर पुर्ब पश्चिम महेन्द्रराजमार्गको लम्की सडक खण्डमा ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको जनाएको छ ।

मृतकका आफ्न्तले मृतकको सव लम्की चोकमा राखेर दोषिमाथि कडा भन्दा कडा कारबाहिको माग गदै विरोध गरी रहेका छन । दोषिमाथि कडा भन्दा कडा कारबाहि नभए सम्म सव नबुझने् भन्दै स्थानियले लम्की चौराहामा टायर बालेर राजमार्ग अबरुद्ध गरेका हुन । मृतक खनालका ३ छोरा २ छोरी नाबालक रहेको परिवार स्रोतले जनाएको छ ।

लम्की चौराहामै दुध बेच्न आएकी भुरुवाकी एक महिलालाई सुदुपश्चिम यातायातकै बसले एक साता अगाडि ठक्कर दिएर मृत्यु भएको थियो । सो घटना भएको एक साता नवित्दै अर्को दृघटना भएको हो । चालकको गम्भीर लापरबाहीका कारण अनाहकमै स्थानियले ज्यान गुदा समेत प्रशासन र सम्बन्धीत निकायको ध्यान जान सकेको छैन ।

मानिसको मृत्य लाई ५ लाख रुपैया तुलना गर्न नमिल्ने भन्दै स्थानिय आक्रोसित भएका छन । यातायात चालकको लम्भीर लापरबाहिले मान्छे मार्दै ५ लाख रुपैया दिने प्रशासनको नितिको स्थानियले बिरोध समेत गरेका छन ।