आजबाट नेपालगंजमा “भाइराजा” क्रिकेट प्रतीयोगिता शुरु हुँदै

बाँके,फागुन २१-
नेपालगंजमा आजबाट स्व रणेन्द्र बहादुर हमाल “भाइराजा” स्मृति क्रिकेट प्रतीयोगिता हुदै छ । बाँकेका सांसद मैकुलाल बाल्मिकीको संसदीय विकास कोषबाट संचालीत भाइराजा क्रिकेट प्रतीयोगिता २०७३ हुने भएको हो । वि.सं २०४९ सालदेखि संचालनमा आएको भाइराजा स्मृती क्रिकेट प्रतीयोगिता विशेष कारणवस निरन्तर संचालन हुन सकेको थिएन ।

शुक्रबार नेपालगंजमा एक पत्रकार सम्मेलको आयोजना गरी “भाइराजा” प्रतीयोगिता गरिन लागेको र यसको सम्पुण तयारी पुरा भएको आयोजक टिमले जानकारी दिएको छ । प्रतीयोगितामा ८ वटा टिमहरु नेपाल टाईगर क्लव,टिकापुर क्रिकेट ,घरवारी टोल,यूनाईटेड भिजन,ज्याकवार स्पोर्ट क्वल, योङ गन,मङगोलीयन स्पोर्टस क्लव ,रोयल स्पोर्टस क्लव, लागायतले सहभागिता जनाउने भएका छन् ।

आजबाट नेपालगंजमा भाइराजा क्रिकेट प्रतीयोगिता शुरु हुँदै “भाइराजा” प्रतीयोगितामा बाँकेका सांसद वाल्मिकीले आफ्नो संसदीय विकास कोषबाट ३ लाख रुपैँया सहयोग गरेको बताउनु भएको छ । पत्रकार सम्मेलनमा सांसद वाल्मिकिले बाँकेमा क्रिकेटलाई माथी उठाउन चाहेको र क्रिकेटमा मोह भएका खेलाडिलाई अगाडी बढाउन आफु सधैं लागि रहने बताउनु भएको छ । उहाँले भन्नुभयो आफु जबसम्म संसदिीय विकास कोषमा रहदा सम्म बाँके जिल्लाको लागि क्रिकेट क्षेत्रमा हरेक वर्ष सहयोग गर्ने प्रतीवद्धता व्यक्त गर्नु भएको छ ।
यस्तै
क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले अब भने यो “भाइराजा” प्रतीयोगिता निरन्तर रुपमा संचालन गर्नुपर्ने जानकारी दिनुभएको छ । उहाँले यहाँको क्रिकेट विकासको लागि कुनै कसर बाँकि नराख्ने यसका लागि आफूले सम्बन्धीत निकायमा पहल गरिरहेको पनि जानकारी दिनुभयो ।

आजबाट नेपालगंजको मंगलप्रसाद उच्चमाविमा शुरु हुने क्रिकेट प्रतीयोगितामा कुल  ३ लाख ५८ हजार २ सय खर्च हुने आयोजक टिमका अध्यक्ष सुनिल सिंहले जानकारी दिनभयो । क्रिकेट प्रतीयोगिता ५ औं संकरण रहेको आयोजकले जनाएकोे छ । प्रतीयोगितामा उत्कृष्ट हुनेलाई ५१ हजार र दोस्रो हुनेलाई २५ हजार पुरस्कार प्रदान गरिने र अन्य राम्रो खेलाडिलाई पनि उत्कृष्ट पुरस्कारको व्यवस्था रहेको आयोजक टिमले जनाएको छ । बिहान ११ बजे क्रिकेट प्रतीयोगिताको उद्घाटन सांसद वाल्मिीकिले गर्नुहुने भएको छ ।