यू–१९ एसिया कप क्रिकेट शुरु, आज नेपाल र पाकिस्तान भिड्दै

काठमाडौं,मंसिर,२२-एसिसी युथ-१९ एसिया कप क्रिकेट प्रतियोगिता शुक्रबारबाट युएईमा सुरु हुँदैछ।

नेपाली क्रिकेट टोलीले आज पहिलो खेलमा पाकिस्तानको सामना गर्दैछ।प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता छ।

नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए’ मा छन्। समूह ‘बी’ मा युएई, जापान, श्रीलंका र बंगलादेश छन्।आज सुरु हुने प्रतियोगिता पुष १ गतेसम्म चल्नेछ।सबै खेल आइसिसी एकेडेमी ओभल मैदानमा हुनेछन्।

प्रतियोगितामा सहभागी जापान र युएई बाहेक अन्य सबै टोलीलाई यो प्रतियोगिता आसन्न यूथ-१९ विश्वकप क्रिकेटको तयारीको रुपमा रहेको छ।

युथ-१९ विश्वकप क्रिकेट आगामी जवनरी १३ देखि फेब्रेुअरी ४ सम्म दक्षिण अफ्रिकामा हुनेछ।उक्त प्रतियोगितामा नेपालको समूहमा न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान रहेका छन्।