प्रजनन समस्या सम्बन्धी नेपालगंन्जमा छलफल

राम सुनाम/

बाँके,पौष,१५-

बर्तमान समयमा यौन तथा प्रजनन समस्या बिकराल बन्दै गएको छ । यही अवस्थालाई मध्यनजर गर्दै नेपालगन्जमा आज यौन तथा प्रजनन् सम्वन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । सिविन नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा किशोराअवस्थामा आउने परिवर्तन, यौन तथा प्रजन्न् शिक्षाको महत्व जस्ता बिषयमा छलफल गरीएको थियो ।

कार्यक्रममा सीविनद्धारा गठित किसोरी क्लवमा आवद्ध किशोरीहरु सहभागी थिए । विशेष गरी किशोरावस्थामा प्रदान गरीएको प्रजनन स्वास्थ्य शिक्षाले व्यक्ति, परीवार र समाजलाई नै स्वस्थ्य राख्न योगदान पुराउने भएकाले यो कार्यक्रमको आयोजना गरीएको सिविन नेपालगन्जका प्रमुख सिद्दराज पनेरुले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खीम वहादुर खड्काले यौन तथा प्रजन्न् शिक्षावारे सहजीकरण गर्नुभएको थियो । कार्यक्रमका सहभागीहरुले किशोरीसंगै प्रौढ महिलाहरुलाई पनि प्रजनन स्वास्थ्य वारे ज्ञान दिन स्थानीय तहहरुले कार्यक्रम ल्याउनुपर्ने माग गरेका छन् ।

सहभागी मधेसी, मुस्लीम समुदायका किशोरकिशोरीहरुले पछिल्लोसमय यौन र प्रजनन स्वास्थ्यका विषयमा साथिहरुविच खुलेर कुराकानी हुने गरेको वताएका छन् । जनस्वास्थ्य प्रमुख खड्काले स्वास्थ्य संस्थाहरुमा उपलव्ध प्रजनन स्वास्थ्य सेवाहरु लिन जनस्तरमा चासो नदेखीएको पाइएको वताउनुभयो ।

साथै किशोरकिशोरीहरुले आकस्मीक गर्भनिरोधक साधनहरुलाई हेलचक्राई पुर्वक प्रयोग गर्ने गरेको पाइएकोले त्यसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने तर्फ सचेत गराइएको छ ।