सल्यानमा पशुलाई सुत्केरी भत्ता वितरण

राम सुनाम/

सल्यान,पौष,१५-

महिलालाई गर्भवती हुँदा पोषण तथा आहारका लागि सुत्केरी भत्ता दिने सरकारी निती नौलो होइन । तर सल्यानमा पशुलाई समेत सुत्केरी भत्ता दिन थालिएको छ ।

कृत्रिम गर्भाधानबाट ब्याएका पशुलाई भत्ता दिन थालिएको हो । पशु सेवा कार्यालयले जिल्लाका ५ किसानहरुलाई पशु स्याहार सुसार र आहारका लागि टेवा पुर्याउन प्रोत्साहन वापत भत्ता रकम वितरण गरेको हो ।

शारदा नगरपालिका २ का गोकर्णप्रसाद उपाध्यय, ३ का बुद्धिराज विष्ट, अशोककुमार विष्ट, रेशम प्रकाश शर्मा र ४ का नारायण गौतमले प्रोत्साहन स्वरुप रकम पाउनुभएको हो ।