बर्दिया,पुस,१५-
गजलको शिर्षक छ : रहर लाग्छ ।।

केहि मान्छेहरुको न बिश्वास लाग्छ न भर लाग्छ
फेरि किन नजिक हुने रहर लाग्छ
ज्यान जोखिम गरेर टिपेर ल्याएको हु
तिमि भन्छौ गुलाव समाउन डर लाग्छ
उ पछुताउछ एकदिन,अवश्य पछुताउछ
जो गाउ अध्यारो छ भन्दै शहर लाग्छ
ए साथि आमाको मन कहिल्यै नरुवाउ
उनको श्राप लाग्छ जस्तै जहर लाग्छ
म यस अर्थमा बाचिरहेछु यहा
एकदिन त अवश्य भगवानको नजर लाग्छ
राम सुनाम
मधुबन ८ बर्दिया