नेपालगन्ज महोत्सवमा दुर्गेशको धमाकेदार प्रस्तुतीले दर्शकको भिँड थाम्नै गाह्रो

नेपालगंज,माघ,६-

नेपालगन्ज महोत्सवको ११ औँ दिन आइतबार युवाहरुको ढुक्ढुकी बहुचर्चित गायक तथा मोडल दुर्गेश थापाले धमाकेदार प्रस्तुति हेर्न दर्शकहरुको भिड लागेको थियो।चर्चित गीत यो ज्यान फाल्दिन्छु गाउँदै स्टेज उल्केका गायकलाई सुरुमै दर्शकहरुले ताली र हल्लाले स्वागत गरेका थिए।

करिव १ घण्टा सम्म दर्शकहरुलाई उफारेका गायक थापाले चर्चित गीतहरु यो ज्याम फाल्दिन्छु, रातोरातो खुर्सानी, जेलमा, गल्कोटे लगाएतका थुप्रै चर्चित गीतहरु गाएर दर्शकहरुलाई भरपुर रमाइलो प्रदान गरेका थिए।

त्यस्तै मेलाको आकर्षक मानिएकि अर्कि चर्चित डान्सर दिपाशा बिसिले पनि थुप्रै चर्चित गीतहरुमा धमाकेदार डान्स प्रस्तुत गरेर दर्शकहरुलाई झुमाएकी थिईन।

महोत्सवमा लोकदिहोरी गायिका करिश्मा घर्तिले पनि होनि तिम्रै कसम लगाएत थुप्रै गीत प्रस्तुत गरेकी थिईन।सफलताका साथ ११ औँ दिनसम्म आएको महोत्सवमा फाइनलका लागि नृत्य प्रतियोगिता पनि सम्पन्न भएको थियो।

प्रचारप्रसार संयोजक सुनिल रेग्मिका अनुसार आज जम्मा १६ जनाले प्रतिस्पर्धा गरेका थिए। जस्मध्ये ७ जना आजबाट बाहिरिएका थिए। नृत्य प्रतियोगिता फाइनल प्रतिस्पर्धा हुने र २५ जनाले सोमबार फाइनलका लागि प्रतिस्पर्धा गर्ने छन। प्रतियोगिताबाट ५ जना बाहिरिने छन भने १५ जनाले आकर्षक पुरुस्कार पाउनेछन।

मेलाको १२ औँ दिन माघ ७ गते युवाहरुको ढुकढुकी चर्चित गायिका ज्योती मगर, चर्चित डान्सर करिश्मा ढकाल साथै अन्य थुप्रै चर्चित कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ।
महोत्सव माघ ८ गते सम्म लाग्ने आयोजकका अध्यक्ष नन्दु बुढाले जानकारी दिए।