सर्वोत्कृष्ट गायक पब्लिक च्वाईस अवार्डबाट गायक जय देवकोटा सम्मानित

नेपालगंज,माघ,७-

चर्चित मौलिक ट्प्पा गीत बाजेको पालामा, रन्देउ बगालौ, नौजाले, वर्खा लाएछ क्यारे लगाएतका करिव ४ सय भन्दा बढी गीतहरु गाईसकेका गायक देवकोटाले शनिबार सम्पन्न एपिक नेपाल म्युजिक अवार्डमा दशै तिहार गीत (दशैं अनी म ) गीतबाट सर्वोत्कृष्ट गायक पब्लिक च्वाईस अवार्ड हात पार्न सफल भएका छन।

लामो समय नेपाली लोकदोहोरी क्षेत्रमा एकदमै ठूलो योगदान दिएका छन। गायक देवकोटाका अनुसार आज सम्म मेहनत गरेको फल प्राप्त भएको र एकदमै खुसी रहेको बताए।

साथै उनिले सम्पुर्ण दर्शक स्रोता तथा एपिक म्युजिक अवार्डलाई धेरै धेरै धन्यवाद पनि दिएका थिए। बिहानी अनलाईनको तर्फबाट धेरै धेरै बधाई दिन चाहान्छौ ।