
काठमाडौं,माघ,१४-विराटनगर महानगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित हासिल गरेको छ ।
बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै विराटनगरले पहिलो जित निकालेको हो ।
कुसुम खड्काले ह्याट्रिक गरेको खेलमा अनु राई र सरिता शेर्पाले एक एक गोल गरिन् ।
यो जितसँगै विराटनगरले ३ खेलमा ४ अंक जोडेको छ । यसअघि वालिङ नगरपालिकासँग १–१ गोलको बराबरी खेलेको विराटनगर सशस्त्र प्रहरीको एपीएफसँग भने ७-० ले पराजित भएको थियो ।
दोस्रो हार भोगेको चन्द्रपुरले यसअघि उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७–१ ले हराउँदा सशस्त्र प्रहरीसँग ६–० ले पराजित भएको थियो ।