आईपीएल अक्सन फागुन ६ गते हुने

फाईल तस्विर !!

एजेन्सी,माघ,१४-सन २०२१ को इन्डियन प्रिमियर लिग आईपीएल ट्वेन्टी-ट्वेन्टी क्रिकेटको अक्सन (बोलकबोल) फेब्रुअरी १८ मा (फागुन ६ गते) हुने भएको छ ।

आईपीएलले १४ औं संस्करणको लागि अक्सन फेब्रुअरी १८ मा चेन्नईमा गरिने भारतीय क्रिकेट कन्ट्रोद बोर्ड (बीसीसीआई)ले जनाएको छ ।

आईपीएलमा सहभागी टिमले खेलाडी रिलिज र रिटेन गरिसकेका छन्।जसअनुसार नेपाली क्रिकेटर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट रिलिज भइसकेका छन् ।

अक्सनबाट सन्दीपलाई आइपीएलमा आवद्ध जुनसुकै क्लबले पनि भित्र्याउन पाउने छन् ।