स्ववियु निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं, फागुन ५ – उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले यही फागुन १४ गतेका लागि निर्धारण गरिएको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को चुनावका लागि सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।

काठमाडौंमा बुधबार आयोजित चुनावसँग सम्बन्धित निकायसँगको छलफलका क्रममा उपप्रधानमन्त्री निधिले स्ववियु चुनावमा अख्तियार गर्नुपर्ने सुरक्षाका विषयबारे तीनवटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको हो ।

उपप्रधानमन्त्री निधिले समयमै स्ववियु चुनाव गर्ने विषयमा विभिन्न राजनीतिक दलका सबै नेतासँग छलफल भइरहेको जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा। तीर्थ खनियाले तोकिएकै समयमा चुनाव सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

स्ववियु चुनाव निर्धारित समयमै गराउनेबारे बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीबिच छलफल भएको थियो ।साभार उज्योलो अनलाईबाट