काठमाडौं उपत्यकाको तापक्रम ५ डिग्रीमा झर्‍यो

काठमाडाै‌ मंसिर,२०-

आज बिहीबार बिहान काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै कम मापन गरिएको छ। काठमाडौं उपत्यकाको तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।

‘२ मंसिरमा काठमाडौंको तापक्रम ६ डिग्रीमा झरेको थियो,’ नगरकोटीले भनिन्, ‘त्यसयता वढेको तापक्रम बिहीबार यो वर्षकै कम ५ दशमलव ६ डिग्री मापन गरिएकाे छ।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतीय भूमि हुँदै भित्रिएको पश्चिमी वायूको प्रभावले काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश भागमा तापक्रम घटेको छ।

युरोपेली वायु टर्की, सिरिया, अफगानिस्तान, पाकिस्तान र भारतको हिमाली भेगहुँदै नेपाल भित्रिँदा नेपालमा चिसो वढेको मौसमविद्ले बताएका छन्। जुम्लाको तापक्रम बुधबार माइनस ४ डिग्री मापन गरिएको छ। पश्चिमी वायुको प्रभावले बुधबार दिनभरी मौसम बदली भएको थियो।

आज पहाडी भूभागको मौसम बदली भए पनि अरु ठाउँको मौसम भने सामान्यतया सफा रहने मौसमविद्को अनुमान छ। चिसो वढेकाले हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात हुने सम्भावना छ। नेपालखबरबाट