नेपाल औषधि ब्यवसायी संघ भेरीद्वारा नगर कमिटी गठन

के-पी-घिमिरे/

नेपालगन्ज,बैशाख,१३-
नेपाल औषधि व्यवसायी संघ भेरी अञ्चलले कोहलपुरमा पवन कुमार वर्माको सभापतित्वमा , अभय कुमार बस्नेतको प्रमुख अथिती तथा कोहलपुर नगर पालिका वडा न ११ का वडा अध्यक्ष कर्ण बहादुर थापाको बिशिस्ट अथितिमा ११ सदस्यीय नगर कमिटी गठन गरेको छ ।

नयाँ कार्य समितिमा अध्यक्षमा लेखनाथ बगाले, उपाध्यक्षमा थोक तर्फ बिकाश खड्का , खुद्रा तर्फ उपाध्यक्ष माधव पौडेल , महासचिवमा रमेश जि-सी-, सचिवमा नवराज वली, कोषाध्यक्षमा बिष्णु प्रसाद डागी लगायतका सदस्यहरु रहेका छन ।

उक्त कार्यक्रम औषधि व्यवसायी संघका महासचिव बसन्त शर्माले सन्चालन गर्नु भएको थियो ।कार्यक्रममा औषधिको रेकर्ड कसरी राख्ने भनेर प्रबक्ता जीवन शर्माले बताउनु भएको थियो । प्रमुख अथिती, बिशिस्ट अथिती र सभापतिले नारकोटी पुस्तक समेत बिमोचन गर्नु भएको थियो ।