जापानमा अवसर र चुनौतीको सामाना गर्न सके भविष्य छ

बिहानी सम्वाददाता/

जापान,बैशाख,१३-

विगतका वर्ष भन्दा पछिल्लो समय थुप्रै नेपालीहरु विद्यार्थी भिषा र रोजगारीका लागी हरेक दिन हजारौंको संख्यामा विदेश पलायमान भईरहेका छन् । विश्वका विभिन्न देशहरु मध्य नेपाली विद्यार्थीको रोजाईमा पर्न सफल एक देश हो जापान, यहाँ हरेक वर्ष नेपाली विद्यार्थीहरुको आउने क्रम बढ्दो संख्यामा रहेको छ । 

वास्तवमा जापान कस्तो होला ? के होला । अनी यहाँ गरिएका मेहेनत र दु:ख, र प्रायजसो जापानका सबै जनता यति धेरै अनुशासित, लगनशील, कर्मठ र सहयोगी हुन कसरी सम्भव भयो होला ? विभिन्न कुराहरुले सायद मलाई जस्तै जापान आउन चाहाने र यहाँ आएका हरेक विदेशीएका विद्यार्थीलाई यो प्रश्नले पक्कै पनि एक न एक पटक घोच्यो होला नै । हुनत : म जापान आएको धेरै भएको छैन् । आज मात्र मैले जापानमा पाईला टेकेको ठ्याक्कै एक वर्ष भयो ।

यहि अवसरमा मैले  जे देखे र जे भोगे र आफू भन्दा अग्रज संग जापानको बारेमा सोधपुछ गर्दा  जे कुरा बुझे , हुनत: मैले पनी धेरै कुरा बुझ्न र सिक्न बाँकि नै छन् , तर पनी आज तपाई सामु जे कुरा बुझेको छु, शेयर गर्ने जमर्को गरेको छु ।

( जापानमा नेपाली विद्यार्थीको शुरुवाती चरण )

पछिल्लो समय थुप्रै नेपालीहरुको मानसपटलमा जापान भनेपछि सुख शान्ती र टन्न पैसा कमाउन सकिने देश भन्ने बुझाई हुन्छ । अनी नेपालमा , जापान जहाँ गएपनी फरक पर्दैन भन्ने सोचाई सबैमा हुन्छ ।

आजकाल नेपालमा विशेष गरि युवाहरुमा अहमता र बढी स्वतन्त्रता भएर नै दु:ख पाईरहेको हामीले धेरै ठाँउमा पाएका छौं । जान्नु बुझ्नु केहि छैन, सबै जानेको जस्तो गरेर आफै सबै निणर्य गर्छन् । जसले गर्दा आफु भन्दा ठुलो र जान्ने बुझ्नेलाई सोध्ने र अलीकती रिसर्च गर्ने र जापानमा कुन ठाँउ जाने, कस्तो ठाँउ जाने ? कसरी काम खोज्ने ? काम गर्न के कस्तो कुरा र ज्ञानको आवश्कता पर्छ, के कस्तो तयारी गर्नु पर्छ  ? भन्ने कुरा बिल्कुलै नसोचेको देखिन्छ । 

नेपालका धेरै कन्सल्टेन्सीले पनी विद्यार्थीलाई जापानमा अध्ययन सम्बन्धी सहि परामर्श र जापानको बस्तुस्थितीको बारेमा बुझाउने भन्दा बढी आफ्नो व्यापार र फाईदाको लागी मुर्गा खोज्ने र मुर्गा बनाउने कामको धन्दा गर्नाले पनी अहिले जापानमा धेरै विद्यार्थीले दु:ख  पाईरहेका छन् । 

यहाँ दोष विद्यार्थीको पनी छ , परामर्शदाताको पनी दोष छ । अनी सरकारको त कुरै नगरौं । नेपाल सरकारको बारेमा भन्ने नै हो भने नेपाल सरकार बनाउन भन्दा बिगार्नमा तल्लीन रहेको पाईन्छ । कुनै पनी नागरिकले कुनै पनी सेवा सुविधाको लागी सरकारको मुख ताक्नु त्यो पक्कै पनी मुर्खता नै हुन्छ । 

आज सरकारको फितलो निती कै कारण धेरै विद्यार्थीहरु १२/ १३ लाख खर्च गरेर विदेशको ठाँउमा जाने गरेका छन् । कस्तो ठाँउमा अध्ययनको लागी पठाउन सकिनेछ, भन्ने कुराको सरकारले निर्णय केहि नसोची केहि अध्ययन र अनुसन्धान नगरेको भेटिन्छ । जापान आएर ठुलो प्रश्चताप गर्ने ठुलो समुहका विद्यार्थी यसैगरी आएका हुन्छन् । मानौं जापान जान एउटा एडभेन्चर हो , भनेजस्तो गरेर हचुवा र लहलहैको भरमा लागेर कन्सल्टेन्सी गयो उसले जे जे भन्छ त्यस्तै गर्यौ , अनी पैसा बुझायो । केहि दिन पछि भिसा लागेपछि पार्टी गर्यो, हिड्यो ।

अनी जापान पुगेपछि मज्जाले  १/२ हप्ता भएको पैसाले चारैतिर घुम्यो , फोटो खिच्यो फेशबुकमा अपलोड गर्यो आह….. कती रमाईलो जिन्दगी । जब पैसा सकिदै जान्छ अनी शुरु हुन्छ, समस्या र रुवाई । अनी बल्ल होस् आउछ । पहिले सरहरुले आफु भन्दा ठुला बडाले दिएको सल्लाहको याद आउछ । तर त्यतीन जेल सम्म समयले भने साथ छोडीसकेको हुन्छ । अनी जापानलाई सराप्ने र कन्सल्टेन्सीलाई सराप्ने काम सुरु हुन्छ । तर यस्तो गर्न विद्यार्थीले कदापी हुदैन् ।

त्यपछि स्कुललाई शुल्क बुझाउनु पर्ने हुन्छ , भनेको जस्तो उक्त ठाँउमा काम पाउदैन् , केहि विद्यार्थी यिनै समस्यामा बल्झिएर नै स्कुल छोडी भागेका हुन्छन् । कतीपय नेपाली विद्यार्थी आफ्नै हरकत देखाईरहेका हुन्छन् , जापानको नियम कानुनको विपरित हिडिरहेका हुन्छन् । कतीपयको जिवन शैलीमा रठ्ठीभर परिवर्तन भएको हुदैन्, यस्तै कारणले गर्दा जापानमा नेपाली विद्यार्थीहरुले धेरै दु:ख भोग्ने गरेको देख्न पाईन्छ  ।

त्यसैले यस्ता कुराहरुलाई मध्यनजर गर्दै यस्तो परिस्थीतीको सहि सदुपयोग गर्दै  नेपाल सरकार र नेपालका कन्सल्टेन्सीहरुले जापान आउन चाहाने र जापानमा भएका नेपाली विद्यार्थीहरुका लागी महत्वपुर्ण र सकरात्मक भुमीका खेल्नु पर्ने अहिलेको मुख्य आवश्यता हो ।

(मैले देखेर ,भोगेर बुझेको जापान )

वास्तवमा जापान एउटा यस्तो देश हो, जहाँ एकले अर्कालाई गाली गर्ने, होच्याउने र आलोचना गर्ने त परै जाओस् अरुको आग्रह मन नै नपरे पनि सिधै अस्वीकार गरेको पाईदैन् ।प्राय जापानमा हाई स्कुल सकेका विद्यार्थीदेखि वृद्धसम्म सबै केही न केही काममा जोडिएका नै हुन्छन् । देशको राजनीतिभन्दा आम जापानीहरुलाई आफ्नै कामप्रति गहिरो लगाव भएको मैले यहाँ देखेको छु ।

यहाँका मानीस आफ्ना नेता र व्यवस्थाप्रति विश्वास भएर हो, या राजनीतिमा चासो नभएर हो, जापानमा धेरै कम प्रतिशत जनता मतदानमा भाग लिने गरेको पनी थाहा पाए ।विश्वमा अत्यन्तै कम अपराधका हुने मुलुक मध्येको एक जापान पनी हो । यहाँ रातको १२:०० बजे पनि सडकमा युवतीहरु निस्फिक्री हिँड्डुल गरेको देख्न पाइन्छ ।

यस्तै जापानको यातायात व्यवस्था सम्बन्धी हेर्ने हो,भने विश्वमै उदाहरणीय छ, देशका हरेक भूभाग रेलमार्गले जोडिएका छन्, जुन गम्भीर दुर्घटनाको अवस्थामा बाहेक पूर्वनिर्धारित समयभन्दा १ मिनेट पनि ढीलो हुँदैनन् ।यो कुरा म स्वयम आफैंले भोगेको र देखेको कुरा हो ।

यहाँ रेलमात्र होइन, जापानीजहरु हरेक काम निर्धारित समयमा नै गर्छन्, जापानमा नेपालको जस्तो ‘नेपाली टाइम’ छैन, ३ बजे सुरु हुने कार्यक्रममा सबै ०२: ५९ मिनेटमा पुगिसक्छन् र ठीक ०३:०० बजे कार्यक्रम सुरु हुन्छ ,र निर्धारित समयमा नै कार्यक्रम समापन गरिन्छ ।

यस्तो भनी रहदाँ जापानमा सबै कुरा राम्रा मात्रै छन् भन्ने पनि होइन, विश्व राजनीतिको चपेटासहित केही सामाजिक समस्या जापानले भोग्दै आउनुपरेको छ ।

ठूलो परिमाणमा खनिज पदार्थ तथा पेट्रोलियम पदार्थको खानी नहुनु र विदेशी आयातमा निर्भर हुनु, सरकारको ऋण वार्षिक कुल ग्राह्यस्थ उत्पादनभन्दा करिब दुईगुणा बढी हुनु आदि वित्तीय समस्याहरु छन् । तर यो ऋणको ठुलो हिस्सा कुनै विदेशीसँग नभई उसकै जनतासँग छ ।

आज जापानले जे जति उपलब्धि हासिल गरेको छ, उसकै जनताको मिहेनत, परिश्रम अनि राष्ट्रप्रतिको जिम्मेवारीवोधका कारणले हो । र, मलाई जापानको सबैभन्दा मन पर्ने कुरा पनि यिनै जापानीहरु हुन् ।

( जापानमा के अवसर छ त ? )

वास्तवमा जापानमा अवसर र चुनौती दुवै रहेको छ । किनकि जसरी हामी बाहिरबाट हेर्दा एकदमै विकसित भएको देख्छौ । र विकसित देखेको कारण आफ्ना लाखौं योजनाहरु र सपना बोकेर आउने गर्छौं अवसर खोज्दै, तर यहाँ नेपालमा जसरी सोचेर आउछौं त्यसो भने कदापी हुदैन् । किन हुदैन् भने जुन कुरा जापान आउनु भन्दा पहिले सोचेका हुन्छौं , मैले शुरुमा भनेको जस्तै लाखौंको सपना मात्रा हामी देखेर आएका हुन्छौं । जुन कारणले गर्दा नै अवसर पाउन एकदमै गाह्रो हुने गरेको मैले देखेको छु । 

त्यसैले हाम्रो कुरा एउटा तिर हुन्छ काम अर्कों तिर हुन्छ, अनी हामी जुव उद्देश्य बोकेर जापान पढ्न आएका हुन्छौं । त्यो पढाईमा ध्यान कसैले दिएको पाईदैन् , अनी कहाँबाट मिल्छ , अवसर ? त्यसैले अवसर त त्यो जुन पाउनको लागी हामीले त्यहि किसिमको अध्ययन गर्नु पर्यो अनी बल्ल पो अवसर प्राप्त हुन्छ । 

अर्को कुरा जुन ठाँउमा राम्रो नियम कानुन छ, नियम भएको देशमा अवसर पाउन एकदमै गाह्रो पर्छ । किनकि हामीले त्यो अवसर प्राप्तीका लागी मेहेनत र थुप्रै नियम कानुनको पालना गर्दै जानुपर्छ । त्यसैले विकसित देशहरुमा अवसर र राम्रो जिवन जिउँनको लागी उत्तीकै मेहेनत र परिश्रम चाहिन्छ । मेहनत नै सबै भन्दा ठुलो कुरा हो जापानमा , यदि हामीले शुरुबाटै मेहेनत गर्दै जाने हो भने जापानमा थुप्रै मात्रामा कलकारखाना उद्योगहरु रहेका छन् । त्यसैले जापानमा जसले मेहेनत गर्छ ,उसको राम्रो भविष्य छ । 

यो ठाँउ भनेको नै मेहेनत बिना फल पाईन्छ देश हो । अब अवसर कै कुरा गरेर आउने हो भने झ्वाट्टै अवसर पाउनको लागी विकाशोन्मुख देश जुन ठाँउमा नियम कानुन छ , त्यहाँ नै पाईन्छ । गर्न सके नेपालमा पनी थुप्रै अवसरहरु रहेका छन् । 

जापान आएका र आउदै गरेका जती पनी हुनुहुन्छ, सबैले अव थोरै मात्र मनस्थिती परिवर्तन गरि शुरुमा राम्रो संग अध्ययन गर्ने हो, र यस्तो विकसित देशहरुबाट केहि राम्रा सिपहरु सिकेर स्वदेश मै लगानी गरी देशमै केहि गर्ने हो भने यसले देशलाई पनी फाईदा पुर्याउछ जस्तो मलाई लाग्छ । 

आशा छ जती पनी जापान रहनु भएका विद्यार्थी साथीहरु र आउने तयारीमा रहनु भएका विद्यार्थी भाई बहिनीहरुले यो मेरो विचार पढेर राम्रो कुरा र शिप सिकेर जानेछन् भन्नेमा म विस्वस्त छु । धन्यवाद ।। (सिईओ : दीपेन्द्र सारु मगर )