७८ वर्षका बृद्धा जुत्ता सिलाएरै ७ जनाको परिवार पाल्दै

के-पी- घिमिरे/

नेपालगन्ज, बैशाख,१२-

७८ वर्षका बृद्धा हनीफ खान

नेपालगन्ज उप महानगर पालिका वडा नं ११ निवासी हनिफ खानले ७८ बर्षको बृद्दा अवस्थामा जुत्ता चप्पल सिलाएरै ७ जनाको परिवार पाल्दै आएका छन् । 

वि-स- २०२५ सालमा स्थानिय नारायण माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा एस-एल-सी- अहिलेको एस-ई-ई- पास गरेका हनिफले वि-स-२०३२ साल देखि २०३७ साल सम्म नेपाल मलेरीया नियन्त्रण कार्यालयमा काम गरेका हनिफ त्यस पछि नेपालगन्जमा पच्चिस बर्ष टाङ्गा चलाएर गुजारा गर्दै आएका थिए ।

अाफुले चलाउदै आएको टाङ्गा मरे पछि बिगत १२ बर्ष देखि नेपालगन्ज उप महानगरपालिका नजिकै सडकको छेउमा जुत्ता चप्पल सिलाएरै आफना जाहान परिवार पाल्दै आएका छन् । उनलाई कति कमाइ हुन्छ भनि प्रश्न गर्दा दिनमा पाॅच छ सय जति कमाइ हुने गरेको र त्यही कमाइबाट ७ जनाको परिवार पाल्दै आएको उनले बताए ।