काँग्रेसका कोषाध्यक्षको प्रथम राष्ट्रिय सम्मेलन काठमाण्डौंमा सुरु

काठमाण्डौं ,पौष ८-नेपाली काँग्रेसका कोषाध्यक्षको प्रथम राष्ट्रिय सम्मेलन आज काठमाण्डौंमा सुरु हुँदै छ । पार्टी सञ्चालनका लागि लेवीको व्यवस्थालाई थप व्यवस्थित बनाउने, राष्ट्रिय र अन्तर्रा्ष्ट्रियस्तरमा हुने गरेका आर्थिक व्यवस्थापनको बारेमा वृहत छलफल गर्ने उद्देश्यका साथ यो सम्मेलनको आयोजना गरिएको हो ।नेपालमा क्रियाशील राजनीतिक दलहरूले पार्टी कोष निर्माणका लागि सञ्चालन गरिएका चन्दा अभियान, चन्दा दातालाई दिइएको अनुचित दबाब, त्यसको दुरूपयोग र अपारदर्शीताका कारण पार्टी र नेतासमेत बदनाम भएको हुँदा त्यसको

निराकरणका लागि पनि सम्मेलनको आयोजना गरिएको सम्मेलनका संयोजक गाविन्द पुडासैनीले बताउनुभयो ।उहाँले काँग्रेसले केन्द्रीय नेतृत्वसँग लाभदायी पदमा बसेका व्यक्तिसँग केन्द्रमै लेबी उठाउने गरेको र जिल्लालाई दिने भनि तोकिएको लेबी समेत जिल्लाबाट प्राप्त गर्न समस्या भएको हुँदा त्यस बारेमा पनि सम्मेलनमा छलफल हुने जानकारी दिनुभयो । दुई दिनसम्म राष्ट्रिय सभागृहमा हुने सम्मेलनले काठमाडौँ घाषणापत्र जारी गर्ने बताइएको छ ।