आजको राशिफल ।।आषाढ २९ गते बुधबार ।।

काठमाडौं,आषाढ,२९-आज विक्रम संवत २०७९ साल आषाढ महिनाको २९ गते बुधबार, (जुलाई १३ तारिख) आशाढ शुक्ल पुर्णिमा, आज गुरु पुर्णिमा,भानु जयन्ती पनि रहेको छ।

आज आषाढ २९ गते बुधबारको राशीफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला।सन्तान सुख मिल्न सक्छ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन मित्रहरूले दिएको वचन फेरिन सक्छ।व्यवसायमा मन्दी आउनेछ, तर मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन नयाँ र शुभकार्यको चर्चा चल्नेछ।सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। घर जग्गाको कारोबारमा सफलता मिल्ला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला।बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ।काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ।रमाइलो यात्राको योग रहेको छ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन कुनै रोगले दु:ख दिन सक्ने योग छ।खानामा सतर्कता अपनाउनु राम्रो हुनेछ, विशेषगरी उत्तर दिशाको यात्रामा ध्यान पुर्याउनुहोला।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर रहेको छ।प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न पनि सक्छन् ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ।एउटै आर्थिक कारोबारमा सफलता पाइएला।आफन्तले सहयोग गर्नेछन् ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ।भौतिक साधन जुटाउने समय छ।रमाइलो यात्राको योग रहेको छ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आज फजुल खर्चले चिन्ता बढाउनेछ । साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ।प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन कुनै कुराले मनमा शान्ति छाउनेछ।गरेको जागिरमा पद र प्रतिष्ठा बढ्नेछ।रोकिएका काम पुनः सुरु पनि हुन सक्छन्।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मिन राशि हुनेहरुका लागि आजको दिन लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन्।पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ।मङ्गल कार्यको योग छ ।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो-ज्यो.प. नारायणप्रसाद दुलाल