आजको राशिफल ।।आषाढ २८ गते मंगलवार ।।

काठमाडौं,आषाढ,२८-आज विक्रम संवत २०७९ साल आषाढ महिनाको २८ गते मंगलवार, (जुलाई ११ तारिख) आशाढ शुक्ल चतुर्दशी तिथि रहेको छ।

आज आषाढ २८ गते मंगलवारको राशीफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन रमणीय र सुखद् यात्राको योग छ।नयाँ कामको थालनी हुनेछ।मनोरञ्जनमा सहभागी भइएला ।प्राविधिक कार्यमा मन पनि जानेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन अनावश्यक यात्रा र वैदेशिक क्षेत्र कमजोर रहनेछ।कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन पुरानो समस्या सुल्झाउन सकिनेछ।शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।वैदेशिक कार्य अघि बढ्नेछ।काम गर्ने जोशजाँगर र उमंग बढ्नेछ।चिताएको कामले तीव्रता लिनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन नयाँ कार्यको योजना बन्नेछ ।नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ।प्रेममा मधुरता छाउनेछ।आत्मबल पनि बढ्नेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन कार्यमा बाधा आउनेछ । सरकारी निकायको भय रहला।अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला।यात्रामा मालसामान हराउन सक्छ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन स्वादिष्ट भोजन पाइनेछ ।बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ।वित्तिय संस्थाबाट सहयोग मिल्नेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन शुभकार्यको चर्चा चल्नेछ।टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ।दैनिक कार्यमा प्रगति हुनेछ।शेयर बजारमा विशेष लाभ मिल्नेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन कीर्तिमानी काम गर्ने समय छ ।चलाखी पूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ।राजनैतिक कार्यमा सफलता मिल्नेछ।बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आज ताकेका काममा बाधा हुनेछ।नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुनेछैन।सङ्कटको सामना गर्दै उपलब्धि हासिल गर्नुपर्नेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन प्रेममा सफलता पाइनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्।दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मिन राशि हुनेहरुका लागि आजको दिन प्रेम र मित्रताको बन्धन कसिनुका साथै वाहन लाभ हुने समय छ।घरमा अतिथिको आगमन हुनेछ।धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो-ज्यो.प. नारायणप्रसाद दुलाल