मन्त्रिपरिषद विस्तार :राप्रपाका थापा उपप्रधान तथा स्थानीय विकास मन्त्रीमा नियुक्त

काठमाण्डौ,फागुन २६-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा उपप्रधान तथा स्थानीय विकासमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार विस्तारकाक्रममा थापालाई उपप्रधान तथा स्थानीय विकासमन्त्रीमा नियुक्त गर्नु भएको हो ।

माओवादी केन्द्रको कोटाका स्थानीय विकासमन्त्री हितराज पाण्डेलाई फिर्ता बोलाएर सो मन्त्रालय थापालाई दिइएको हो ।

यस्तै, नेपाली कांग्रेसको कोटाका पर्यटनमन्त्री जीवनबहादुर शाहीलाई फिर्ता गरेर उहाँको स्थानमा राप्रपाकै दिलनाथ गिरीलाई पर्यटनमन्त्री बनाइएको छ । नवनियुक्त मन्त्रीहरुको विहीबार (आजै) साँझ शपथग्रहण गराउने कार्यक्रम रहेको छ ।