सम्झना लामिछानेको “तालु खुइले बाहुन” बजारमा

नेपालगंज,पौष,२९-

घरमा पराल, फुलफुलेर पहेलै, बनैमा फुल बसायो लगायतका दर्जनौ चर्चित लोकदोहोरी गीतहरुमा आवाज दिसकेकी बहुचर्चित लोकदोहरी गायिका सम्झना लामिछानेको रोइला गीत “तालु खुइले बाहुन” बजारमा सार्बजनिक भएको छ।

प्रकाश पौडेलको प्रस्तुती रहेको उक्त गीतमा आवाज सम्झना लामिछाने र किरण चापागाईंको रहेको छ। किरण चापागाईंको शब्द सङ्गीत रहेको उक्त गीत सम्झना लामिछानेको आफ्नै युटुब च्यानलबाट बजारमा आएको हो।

प्रकाश भट्टको निर्देशन रहेको उक्त गीतको म्युजिक भिडियोलाई सुरेश श्रेष्ठले छायांकन गरेका हुन भने विष्णु शर्माले सम्पादन गरेका हुन।जगीतको सम्पुर्ण युनिटलाई (विहानी अनलाईन परिवार) सफलताको कामना व्यक्त गर्दछ।