थापाको उत्कृष्ट अभिनयमा “म मरेको खबर” बजारमा

सिर्जना बर्देवा,

ओखलढुङगा,जेठ,२७-
नेपाली मोडलिंग क्षेत्रका चर्चित मोडल बुद्धबिर थापाको अभिनयमा उत्कृष्ट लोक दोहोरी गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । साउदि मलेशिया भाग–३ एल्बम “म मरेको खबर ” भर्खरै मात्र बजारमा आएको हो ।

साउदि मलेशिया, ए पियारी भाग–२ लगायतका गितहरुमा सफलता मिले संगै भाग–३ मा पनि थापाको उत्कृष्ट अभिनय रहेको छ । परदेशीहरुको कथा व्यथालाई समेटिएर तयार भएको लोक दोहारी गित भाग–३ सम्म निकै राम्रो र दर्शक स्रोताले रुचाईएको देख्न सकिन्छ । र तिन वटै गितमा थापाको उत्कृष्ट अभिनय रहेको छ ।

साथै भाग–३ मा थापा संगै अहिलेकी चर्चित मोडल अञ्जली अधिकारीको उत्कृष्ट अभिनय रहेको छ । यस गितमा पछिल्लो समय चर्चाका शिखरमा रहेका चर्चित गायक गोपाल नेपाल जि.एम.को सुमधुर स्वर रहेको छ ।

साथै साउदि मलेशिया भाग १ देखी ३ सम्मका गितहरुमा गायक जि.एम.कै सुमधुर स्वर सुन्न सकिन्छ । बिनोद थापाको प्रस्तुती रहेको यस गितमा शव्द सिर्जना थापा कै रहेको छ भने लय सिर्जना गायक जि.एम.ले नै गरेका छन् ।

निर्देशक नबिन घर्ति मगरले यस म्युजिक भिडियो लाई निर्देशन गरेका छन् । दुर्गा पौडेलको छांयाकन रहेको यस भिडियोको सम्पादन स्वयम निर्देशक घर्ति मगरले गरेका छन् । एड्भेन्चर फिल्मसले दृष्य निर्माण गरेको यस म्युजिक भिडियो तथा अडियोलाई तिर्सना म्युजिक प्रालिले बजार व्यबस्थापन गरेको छ ।

भिडियो हेर्नुहोस ।