मगर संघ क्षेत्रीय समिती गुन्माको माघेसक्रान्ती कार्यक्रम भव्य रुपमा सम्पन्न

टोकियो,पुस,२९-नेपाल मगर संघ क्षेत्रीय समिती गुन्मा जापानको माघेसक्रान्ती कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।शनिवार माघी विशेष कार्यक्रम गर्दै माघे संक्रान्ती पर्व मनाईएको थियो।

उक्त माघि विशेष कार्यक्रममा विभिन्न जापानमा रहेका प्रवासी मगर समुदायका कलाकारहरुले गायन तथा नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई रमाईलो बनाएका थिए।

औपचारिक कार्यक्रमको सभापतित्वमा नेपाल मगर संघ क्षेत्रीय समिती संघका अध्यक्ष रिदम रोका मगर रहनु भएको थियो,भने प्रमुख अतिथीमा नेपाल मगर संघ केन्द्रिय समिती जापानका सचिब दिल पुर्जा मगर हुनुहुन्थ्यो।

यस्तै विशेष अतिथीमा आदिवासी महासंघ जापानका प्रवक्ता विशाल राई एनआरएनए गुन्माका सचिब श्रीधर पन्थी नेपाली साँझा समाज जापानका अध्यक्ष बुद्धि सेरचन किरात राई समाजका अध्यक्ष ध्रुब राई हुनुहुन्थ्यो।

त्यस्तै:अतिथीमा रोल्पा समाज जापानका रविना पुन मगर पुन क्लव जापानका ममता गबुर्जा मगर नेपाल साँझा समाजको महासचिब निरज गुरुङ अमित भुजेल लगायत अन्य अतिथीहरुको पनि उपस्थिती रहेको थियो। 

गुन्मा केनको माएबासी स्थित गुन्मा काईखान हलमा भएको कार्यक्रमको संचालन भने दिपेन बलाल मगरले गर्नु भएको थियो।कार्यक्रममा उपस्थीत सबैले एक आपसमा नाजगान गर्दै माघी पर्वको शुभकामना प्रदान समेत गरेका थिए। 

कार्यक्रममा गुन्मा केन आसपासमा बसोबास गर्ने प्रवासी मगर समुदायको उल्लेखिय मात्रमा उपस्थिती रहेको थियो।

यस माघी विशेष कार्यक्रमले परम्परा देखी चलि आएको रितिवाजलाई जगेर्ना गर्नुका साथै नयाँ भावी सन्ततीमा परम्परागत रितिरिवाजलाई जगाई रहन मद्दत पुग्ने नेपाल मगर संघ क्षेत्रीय समिती गुन्मा जापानका अध्यक्ष रिदम रोका मगरले बिहानी अनलाई डटकम संग बताउनुभयो।