नेपाल मगर संघ जापानले आज माघे संक्रान्ती पर्व मनाउदै

टोकियो,जापान,पौष,२८-नेपाल मगर संघ जापानले आज शनिवार माघे संक्रान्ती पर्व मनाउदैछ।नेपाल मगर संघ जापानको आयोजनामा २६ औँ लाङ्घाली साँझ २०२४ सांगितीक कार्यक्रम हुन लागेको हो ।

प्रवासमा रहेका नेपाली मगर समुदाय लगायत नेपालीजनलाई समेट्दै यो सांगीतीक कार्यक्रम गर्न लागेको मगर संघ जापानले जनाएको छ।मगर समुदायले माघे संक्रन्ती पर्वलाई हरेक वर्ष राष्ट्रिय पर्वको रुपमा मनाउदै आएको छ।

लाङ्घाली साँझ २०२४ सांगितीक कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायीका सम्झना लामिछाने र चर्चित लोक दोहोरी गायक श्याम राना मगर, चेतन घर्ती मगर, दिपन थापा मगर लगायत थुप्रै नृत्य कलाकारहरुको वेजोड प्रस्तुती रहने छ।

उक्त कार्यक्रम टोकियोको Hokutopai 1-11-1 oji kita city(oji station ) नजिकको होको टोपिया हलमा हुनेछ। लाङ्घाली साँझ कार्यक्रम ५ बजे देखी हुने भएकोले सबैलाई उपस्थीतीको लागी नेपाल मगर संघ जापानले आग्रह समेत गरेको छ । 

यसैविच:नेपाल मगर संघ जापानको क्षेत्रीय समिती गुन्मा केनमा पनि आजै शनिवार माघे संक्रान्ती पर्व मनाईदैछ।उक्त कार्यक्रम गुन्मा काईकान हल माएवासीमा दिउँसो ३ बजे देखी राती ९ बसे सम्म हुनेछ।विभिन्न साँगितिक प्रस्तुती रहने भएको हुनाले उपस्थितीको लागी सबैलाई आग्रह गरिएको नेपाल मगर संघ जापानको क्षेत्रीय समिती गुन्मा अध्यक्ष रिदम रोका मगरले जानकारी दिनुभयो।

यस्तै : जापानको नागोया र फुकुओकामा भने भोली जनवरी १४ तारिख आईतवार माघी वेशेष कार्यक्रम गरि मनाईदैछ।भने ओसाकामा जनवरी १५ तारिख सोमबार मनाईने भएको छ।नागोया र ओसाकामा राष्ट्रिय तथा लोक दोहोरी कलाकार द्वय श्याम राना मगर र सम्झना लामिछानेको प्रस्तुती रहने नेपाल मगर संघ जापानले जनाएको छ।