जनताको जलविद्युत‌ सेयर खरीद सुरु : प्रधानमन्त्रीकै पहिलो आवेदन

आवेदन चैत्र ११ गते सम्म जारी रहने

काठमाण्डौं,चैत्र,७-

गत फागुन २ गते मात्र नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत्‌काे सेयरधनी’ भन्ने नारासहित उद्घाटन भएको कार्यक्रम अन्तर्गत आज बिहिबारबाट जनताको जलविद्युत् त्रिशूली ‘बी’ को सेयर खरीद प्रकृियाको आवेदन खुल्ला गरिएको छ । उक्त कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्दै सेयर खरिदको लागी आवेदन दिनुभएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उहाँले १० हजार कित्ता सेयरका लागि आवेदन दिनुभएको हो । 

यसैगरी : प्रधानमन्त्रीका पत्नी राधीका शाक्यले १० हजार, ऊर्जामन्त्री वर्षमान पुनले एक हजार र पूर्वसभामुख ओनसरी घर्तीले दुई हजार कित्ताका लागि आवेदन दिएका छन्। यस आयोजनामा सुरुमा सेयरका लागि १० प्रतिशत रकम मात्र दिए पुग्छ। यो आवेदन यही चैत ११ गतेसम्म जारी रहनेछ।